सर्पको डसाइबाट मृत्यु

५ बर्ष अगाडि


झापा –  सर्पको डसाइबाट बाह्रदशी गाउँपालिका–७ मा एक युवतीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा चेक्राबारी निवासी २२ वर्षीया चन्द्रवती राजवंशी रहेको इलाका प्रहरी कार्यालय घैलाडुब्बाले जनाएको छ । बुधबार साँझ खाना बनाउँदै गर्दा उनलाई सर्पले डसेको थियो । 

सर्पले डसेलगत्तै राजवंशीलाई कनकाई नगरपालिकामा रहेको सहारा सपदंश उपचार केन्द्र लगिएको थियो । उनको उपचारकै क्रममा आज बिहान मृत्यु भएको बताइएको छ । राजवंशीलाई गोमन सर्पले डसेको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया