यस्तो छ एक्काइसौँ सताब्दीको भूमिगत नर्क (फोटोसहित)

४ बर्ष अगाडि

कुनैबेला रोमानियाको राजधानी बुखारेस्टलाई पूर्वको पेरिस भनेर चिनिन्थ्यो र अहिले पनि यो राजधानी सहरको बाहिरी झलक निकै सुन्दर छ । तर भव्य महल, सुन्दर सडक तथा संरचना मुन्तिर भने निकै डरलाग्दो सहर तथा सभ्यता फस्टाइरहेको छ, जसलाई एक्काइसौँ सताब्दीको जिवित भूमिगत नर्कको नामले पनि चिनिन्छ ।बुखारेस्ट सहरमुनि एउटा दोश्रो सहर अस्तित्वमा छ, जहाँ कुनैपनि पर्यटक जाँदैनन् ।
 

यो भूमिगत सहर लागुऔषधका अम्मली तथा अपहेलित र उपेक्षित अम्मलीहरुको अधिराज्य हो ।सहरमा रहेका भूमिगत मार्ग तथा सुरुङहरुको संजालमा कैयौँको संख्यामा यस्ता लागुऔषध प्रयोगकर्ताहरु बस्दछन् । उनीहरु सबै एचआइभी संक्रमित हुन् भने ती मध्ये एक चौथाइलाई क्षयरोग पनि लागेको छ ।

मृत्यु कुरिरहेका ती विचराहरुलाई जमिनमुनिको नर्कमा कुहिन छाडिएको छ र उनीहरुको हविगत निकै त्रासदीपूर्ण छ । उनीहरु सबैले लगातार लागुऔषधको प्रयोग गरिरहेका छन् र बाँकी जिवन उस्तै डरलाग्दो तरिकाले काटिरहेका छन्, जो देख्दा सबैको आङ सिरिंग हुन्छ ।लागुऔषध अम्मलीको यो डरलाग्दो भूमिगत समुदायका राजा तथा संरक्षक हुन् ब्रुस ली । दुइ दशकअघि कम्युनिष्ट शासन पतन भएदेखि नै यो भूमिगत सुरुङमा लागु औषधका अम्मलीहरु बस्न थालेका हुन् ।

उतिबेला उनीहरु बालबालिका थिए र अहिले तन्नेरी भैसकेका छन् । एकजना बालक भने १७ वर्षका छन् । यहाँ छिर्न जो कोहीले ब्रुस ली को अनुमति लिनुपर्छ । ब्रुस ली ले स्विकार गरेपछि उनीहरुले यहाँ बस्न र सुविधाभोग गर्न पाउँछन् । बासिन्दाका लागि लागु औषधको जोहो ब्रुस ली ले नै गरिदिने गरेका छन् । ब्रुस ली को पहिरन निकै अचम्मको छ । जिउभरी टाटु छन् । छालाको इस्टकोट लगाएका उनको पहिरनमा रिंग तथा पदवी जस्ता धातु जडित छन् भने हात र खुट्टामा मोटा चेन ।

यो भूमिगत संसारका बासिन्दा लागु औषधको नसाले छाडेपछि मध्यान्हमा बिउँझिन्छन् र बाहिर सडकमा निस्केर घाम देख्छन् ।सुरुङभित्र छुट्टै संस्कार छ । विजुली जडित छ भने संगीतका लागि साउन्ड सिस्टमको पनि व्यवस्था छ । सुरुङभित्र मान्छेसँगै ठूलो संख्यामा कुकुरहरु पनि छन् ।लागुऔषध प्रयोगकर्ताको यो भूमिगत सहर एउटा परिवार जस्तै भएर बसेको छ र यसका आफ्नै नियम समेत तोकिएको छ । तर यी सबै संक्रमितहरु मृत्यु कुर्दै भयानक अपहेलना तथा तिरस्कारबाट गुज्रिरहेको आभाष हुन्छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया