नेविसंघका नेता पक्राउ, आफ्नै कार्यकर्तामाथि हातपात गरेको आरोप

५ बर्ष अगाडि

काठमाडौं– कार्यकर्तामाथि  हातपात गरेको अभियोगमा नेपाली कांग्रेस निकट नेविसंघका एक  नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेविसंघको केन्द्रीय सदस्य प्रेमबहादुर शाहीलाई  पीडितले दिएको उजुरीको आधारमा महानगरीय प्रहरी बृत्त कीर्तिपुर पक्राउ गरेको हो । 
सामान्य विवादमा  कार्यकर्ता प्रकाश खड्का र जगदिश भट्टमाथि हातपात गरेको अभियोग उनीमाथि छ । बुधबार राति पक्राउ परेका शाहीलाई सार्वजनिक मुद्दामा म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा खड्का र भट्टमाथि शाहीले हातपात गरेको  नेविसंघकै एक नेताले जानकारी दिए ।

 

५ बर्ष अगाडि

प्रतिक्रिया