कृषिमा लाग्ने युवालाई सरकारले २० लाख रुपैयाँसम्म अनुदान दिने

४ बर्ष अगाडि


कृषि व्यवसायमा लाग्ने सोच भएकाहरुलाई  सरकारले आधा लगानी गरिदिने भएको छ । 
युवालाई विदेश जानबाट रोक्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयले एउटा विशेष कार्यक्रम चाँडै नै ल्याउने भएको छ । 

‘कृषि युवा उद्यम’ नामक विशेष कार्यक्रम यसै वर्षदेखि सञ्चालनमा आउने मन्त्रालयले जनाएको छ । 

यस कार्यक्रम अन्तर्गत कृषि गर्ने युवालाई सरकारले २० लाख रुपैयाँसम्म अनुदान दिने कृषि तथा पशुपक्षी व्यवसाय महाशाखा प्रमुख शवनम शिवाकोटीले जानकारी दिइन्  । यद्यपि यो कार्यक्रमको अर्थमन्त्रालयबाट अन्तिम स्वीकृत हुन भने बाँकी नै छ । शिवाकोटीका अनुसार बजेट नै बिनियोजन भएको सन्दर्भमा चाँडै नै स्वीकृत हुनेछ । 

यता कृषि मन्त्रालयबाट कृषिमा युवा उद्यम सञ्चालन प्रक्रिया २०७६ स्वीकृत भइसकेको छ । मन्त्रालयले यसलाई अन्तिम स्वीकृतिका लागि अर्थमन्त्रालय पठाउने तयारी गरेको छ । 

यस कार्यक्रमका लागि अर्थमन्त्रालयबाट ५० करोड बिनियोजन भइसकेको छ । कार्यक्रम पहिलो चरणमा सातै प्रदेशका २० देखि २५ वटा जिल्लाका ५ सय किसानबाट सुरू गर्न लागिएको उनले बताइन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया