पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरीफ विमानस्थलबाटै पक्राउ

५ बर्ष अगाडि

पाकिस्तान– जेल सजायँको फैसला सुनाइएका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ पक्राउ परेका छन् । बेलायतबाट शुक्रबारस्वदेश फर्किएका उनलाई लाहोर विमानस्थलबाट पाकिस्तानी अधिकारीहरुले  नियन्त्रणमा लिएका हुन् । 
 पाकिस्नाती सञ्चारमाध्यमहरुले उनको छोरीलाई पनि नियन्त्रणमा लिइएको जनाएका छन् । 
भ्रष्टाचार गरेको अभियोगमा उनलाई गत हप्ता दश बर्षे जेल सजायँको फैसला भएको थियो । निर्वाचनको पुर्वसन्ध्यामा गरिएको यो फैसलालाई अर्थपूर्ण र रणनीतिक रुपमा लिइएको छ । पूर्वप्रधानमन्त्री शरीफ आफ्नी श्रीमतीको क्यान्सरको उपचारका लागि केही समयदेखि बेलायतको लण्डनमा रहेका थिए । 

नेता सरिफ गतवर्ष सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्री पदबाट पदमुक्त भएका थिए ।  भ्रष्टाचारको अभियोग लागेपछि अनुसन्धान गर्नुपर्ने भएकाले उनी  प्रधानमन्त्री पदमा बसिरहन नमिल्ने आदेश अदालतले दिएको थियो । 

उनलाई आगामी दिनमा राजनीतिक गतिविधि गर्न पनि प्रतिबन्ध लगाइएको छ भने एक करोड अमेरिकी डलर जरिवाना पनि तोकिएको छ । 

लामो समयदेखि चर्चामा रहेको पानामा पेपर्समा सार्वजनिक भएको सूचनाअनुसार लाभप्रद व्यवसायमा देश बाहिर परिवारको संलग्नतामा लगानी गरेको र त्यसको विवरण आफ्नो सम्पत्ति विवरणमा नदेखाएको आरोप सरिफमाथि थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया