स्पाइस–जेट चढेका एक यात्रुले जब आफ्नो सिटछेउको झ्याल फुटेको भेटे

४ बर्ष अगाडि

यात्रु हरिहरण शंकरणले उक्त झ्यालको फोटो खिचेर समाजिक संजालमा पोष्ट गर्दै लेखेको छन् ,‘नोभेम्बर ५ को दिन मुम्बईदेखि दिल्ली उड्न लागेको स्पाइस–जेट फ्लाइट एसजी८१५२(भीटी–एसवाईजी)को झ्याल सेल्लो टेपले टालिएको छ । के यो गम्भिर सुरक्षा विषय होइन ? कसैले सुनिरहेको छ ?’
स्पाइसजेटका प्रवक्ताले ट्वीटमार्फत यात्रुको जवाफ दिएका छन् ।

त्यसमा सुरक्षा आफूहरुको उच्च प्राथमिकता रहेको यो घटनाबारेमा विमान कम्पनीका माथिल्ला अधिकारीलाई जानकारी गराइएको उल्लेख छ । 
तर शंकरणले जवाफमा ‘ सेल्लो टेप टालेको हेर्दा त कसैले त्यसमा पहिले ख्याल गरेको देखिन्छ ।’
उचाईमा विमानको झ्याल फुटेमा त्यो निक्कै खतरनाक र प्राणघातक पनि हुन सक्छ । 


१० हजार फिटभन्दा माथि अक्सिजनको कमी हुने भएकाले विमानको क्याबिनलाई प्रेसराईज गरेर अक्सिजनको व्यवस्था गरिएको हुन्छ । 
तर झ्याल फुटेमा प्रेसरका कारण बाहिरको हावा तीव्र गतिमा भित्र पस्छ ।

हावाको तीव्रता यति बलियो हुन्छ कि यात्रु बाहिर तानिन सक्छन् । 
इण्डिया टुडेले झ्यालको भित्र भागमात्र कोतरिएको, बाहिर केही नभएको बताएको छ । 
विमान सोही झ्यालसहित उडेर २८ मिनेटपछि मुम्बई अबतरा गरेको थियो । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया