दुई अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

४ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले दुई अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। केन्द्रीय बैंकले आज एक सूचना जारी गरेर यही कात्तिक २५ गते सोमवार बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्ने जानकारी दिएको हो।

बैंकका अनुसार कूल ९१ दिने अवधिको १० करोड रुपैयाँ र १८२ दिन अवधिको दुई अर्ब रुपैयाँ बराबरको ट्रेरी बिल बिक्री गर्न लागिएको हो। कूल ९१ दिने अवधिको ट्रेजरी बिल आगामी माघ २८ गते परिपक्व हुनेछ भने १८२ दिने अवधिको बिल आगामी वैशाख ३० गते परिपक्व हुनेछ। बैंकले यसअघि यही कात्तिक १८ गते एक अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो।

४ बर्ष अगाडि

प्रतिक्रिया