विधुत चुहावट घट्दै

४ बर्ष अगाडि


रुपन्देहीमा विद्युत् चुहावट घट्दै गएको देखिएको छ ।

नियन्त्रणका कार्यक्रम प्रभावकारी र विद्युत्मा प्राविधिक सुधार भएकोले चुहावट घट्दै गएको नेपाल विद्युत् प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रले जानकारी दिए ।

बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, देवदह नगरपालिका लगायतका क्षेत्रमा प्रत्यक्ष हुकिङ, मिटर र मागको आधारमा चुहावट हुने गरेको बताइएको छ । 

‘विद्युत्को खपत गर्नेले जती स्वीकृति लिएको छ त्यति नै आधारमा बल्ब जडान गर्नुपर्छ नभए त्यसलाई मागको आधारमा चुहावट मानिन्छ,’ प्रमुख मिश्रले भने, ‘केन्द्रको तथ्यांक अनुसार आर्थिक वर्ष २०७३र७४ मा १२।३४ प्रतिशत विद्युत् चुहावट भएकोमा आव २०७४र७५ मा ९।६१ प्रतिशतमा झरेको छ ।

आव २०७५र७६ मा ६।९१ प्रतिशतमा विद्युत् चुहावट सीमित हुन पुगेको  छ । आर्थिक वर्ष २०७५र७६ मा विद्युत् चुहावट गर्ने २ जनालाई कारवाही गरिएको छ । ती दुईसँग ३३ हजार ७५३ रुपैयाँ रकम असूली गरिएको थियो ।  

उक्त आर्थिक वर्षमा मिटरबाट विद्यु चुहावट गर्ने तीन जनालाई कारवाही गर्दा ९९ हजार ६९८ रुपैयाँ रकम असूली भएको छ । यसैगरी मागका आधारमा चुहावट अन्तर्गत ३ हजार ९९३ जनालाई कारवाही भएको छ । उनीहरूबाट २ करोड १४ लाख  ६८ हजार ५२४ रकम असुली भएको छ ।

विद्युत् चुहावटमा यस क्षेत्रबाट कूल ३ हजार ९९८ कारवाहीमा परेकोमा २ करोड १६ लाख ९७६ रुपैयाँ रकम असूली भएको जनाइएको छ ।  

केन्द्रका प्रमुख मिश्रका अनुसार चुहावट नियन्त्रणका लागि मिटरमा ताल्चा हान्ने काम भएको र त्यस्तो एक हजार ५०० ग्राहकको रिसिलिङ गरिएको छ । ‘कतिपय अवस्थामा विद्युत् चुहावट थाहा नभएर पनि हुने गरेको छ,’ उनले भने । प्रमुख मिश्रले विद्युत् प्राधिकरणले ग्राहक वर्गीकरण सुधार लगायतका कार्यक्रमसमेत सञ्चालन गरेको जानकारी दिँदै विद्युतको वक्यौता प्रतिशत पनि घट्दै गएको बताए ।

४ बर्ष अगाडि

प्रतिक्रिया