नेपाल आउँदै बङ्गलादेशका राष्ट्रपति

४ बर्ष अगाडि

बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद यही कात्तिक २६ देखि २९ गतेसम्म नेपालको चार दिवसीय  भ्रमणमा आउने भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति  सद्भावना भ्रमण गर्न नेपाल आउन लागेका हुन् ।

राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक स्वागत गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उनले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । 

बङ्गलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको बताइएको छ । 

राष्ट्रपति भण्डारीले बङ्गलादेशका राष्ट्रपति तथा उनको प्रतिनिधिमण्डलको सम्मानमा राजकीय  भोज आयोजना गर्नेछिन् । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया