यसकारण घट्यो सिद्धार्थ बैंकको नाफा

४ बर्ष अगाडि

काठमाडौँ – सिद्धार्थ बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिना रु  ५२ करोड १४ लाख नाफा गरेको छ ।
गत आर्थिक वर्षको तुलनामा नाफा घटेको छ । गत वर्ष रु ५२ करोड ५० लाख नाफा गरेको थियो । बैंकले स्प्रेडदर घटाउँदा नाफा थोरै असर देखिएको जनाइएको छ ।

बैंकको व्याज खर्च २९ प्रतिशतले बढ्दा व्याज आम्दानी २३ प्रतिशतले मात्रै बढेको छ । जबकी कर्जा बिस्तार र निक्षेप संकलनको बृद्धिदर उस्तै छ । खुद व्याज आम्दानी १५ प्रतिशतले बढेर रु एक अर्ब ४३ करोड पुगेको छ ।

तीन महिनाको अवधिमा बैंकको निक्षेप संकलन ३ दशमलव ०५ प्रतिशतले बढेको छ भने ऋण लगानी ३ दशमलव ६३ प्रतिशतले बृद्धि भएको छ । बैंकले कुल रु एक खर्ब १८ अर्ब  निक्षेप संकलन गरि रु एक खर्ब ८ अर्ब ऋण लगानी गरेको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन मान्ने क्रममा स्प्रेडदर ४ दशमलव ७७ प्रतिशतबाट ४ दशमलव ४३ प्रतिशतमा झार्न सफल भएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया