भेरी बबईको बाँधमै उत्पादन हुन्छ १२ मेगावाट विद्युत्, तात्यो कर्णाली सरकार

४ बर्ष अगाडि

काठमाडौँ  प्रारम्भिक अध्ययनले भेरी बबई डाइभर्सन आयोजनाको बाँधस्थल चिप्लेमा पनि उत्पादन गर्न सकिने देखिएको छ ।

कर्णाली प्रदेश सरकारले आयोजनाबाट उत्पादित ४८ मेगावाट विद्युत उपहारका रुपमा प्रदान गर्न माग गरिरहेका बेला संघीय सरकारले बाँधस्थलमा छुट्टै विद्युत उत्पादन गर्न प्रस्ताव गरेको हो ।

कर्णालीका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालासँगै आयोजनाको अनुगमनमा गएका ऊर्जामन्त्री पुनले प्रारम्भिक अध्ययनबाट बाँधस्थलबाट १२ मेगावाटसम्म विद्युत उत्पादन गर्न सकिने हुँदा प्रदेश सरकारले सो आयोजना निर्माण गर्नसक्ने बताए ।

कर्णालीका आर्थिक मामिलामन्त्री ज्वालाले जनताको जलविद्युत्अन्र्तगत बबईमा उत्पादन हुने विद्युतको मोडालिटी तय भइसकेकाले बाँधस्थलमा छुट्टै आयोजना बनाउनका लागि अनुमति दिन संघीय सरकारसँग अनुरोध गरिसकिएको बताए  ।

 कर्णालीको पानी अर्को  प्रदेशमा जाने र आयोजनाको अधिकतम लाभ पनि कर्णालीले नपाउने भएपछि प्रदेश सरकारले आफ्नो हिस्सा खाजेको हो ।

संघीय सरकारले विस्तृत सम्भाव्यता अध्ययन गरेर निर्माणको आवश्यक वातावरण सिर्जना गरे प्रदेश सरकार उक्त आयोजना अघि बढाउन तयार रहेको छ ।

भेरीको पानी बबईमा खसाल्नका लागि १३ मिटर अग्लो बाँध निर्माण गर्नुपर्छ । उक्त बाँधबाटै थप १२ मेगावाटसम्म विद्युत उत्पादन गर्न सकिने अध्ययनले जनाएको छ । भेरीमा सुख्खायाममा ८० र वर्षामा १५० घनमिटरसम्म पानी हुन्छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया