जलविद्युत् कम्पनीको शेयर बिक्न छाड्यो, शिवश्रीको शेयर किन्न तयार भएनन् प्रत्याभूतकर्ता

४ बर्ष अगाडि

काठमाडौं – शिवश्री हाइड्रो पावरले बिक्री गरेको साधारण शेयर सबै बिक्री नभएपछि शेयर प्रत्याभूतकर्ताहरुले खरिद गर्न अस्विकार गरेका छन । साधारण शेयर  पुरै बिक्रि नभएको खण्डमा बिक्री नभएको शेयर खरिद गर्ने गरि २ वटा क्यापिटलले सम्झौता गरेका थिए ।

 तर साधारण शेयर पुरै बिक्रि नभएपनि शेयर प्रत्याभूतिको सम्झौता गरेका प्रत्याभूतकर्ताहरु सीबिआएएल क्यापिटल र मुक्तिनाथ क्यापिटल शेयर खरिद गर्न अस्विकार गरेका हुन ।

कम्पनीले असोज १६ गतेदेखि कार्तिक १५ गतेसम्म ३३ लाख ५१ हजार १ सय ४० कित्ता शेयर बिक्री शुरु गरेको थियो । त्यसमा २ लाख ६८ हजार ९१ कित्ता सामुहिक लगानी कोष र कर्मचारीको लागि छुट्याइएको थियो  । बाँकी रहेको ३० लाख ८३ हजार ४९ कित्ताको लागि आवेदन दिएका हुन ।

बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार साधारण शेयरमा  १७ हजार ८ सय ४९ आवेदकबाट ९ लाख ५ हजार १ सय ७० कित्ताको लागि मात्र आवेदन परेको छ । यो कुल निष्काशन भएको शेयरको ३० प्रतिशत भन्दा पनि कम हो । सम्झौता अनुसार बिक्री नभएको २१ लाख कित्ता बढी शेयर प्रत्याभूतकर्ताले  सकार्नु पर्ने थियो ।

दुवै क्यापिटलहरुले बाढीले कम्पनीको आयोजनामा ब्यापक क्षति पुर्याएको तर त्यसको जानकारी आफुहरुलाई नदिएको बिक्रि नभएको शेयर स्वीकार गर्न नसकिने बताएका छन । कम्पनीले सिन्धुपाल्चोकको  चाँखु खोलामा २२ दशमलव २ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । भोटेकोशी नदीमा असार २२ गते आएको बाढीले आयोजनामा क्षति पुरयाएको  थियो । शेयर प्रत्याभूति सम्बन्धि सम्झौता बैशाख ३० गतेदेखि नै भएको थियो । बाढी आएको असारमा थियो ।

प्रत्याभूतकर्ता मध्येका एक सीबि आईएल क्यापिटलका एक उच्च कर्मचारी प्राकृतिक विपत आएको अवस्थामा प्रत्याभूति सम्बन्धि सम्झौता मान्न बाध्य नहुने ब्यबस्था देवानी संहिता मै रहेको  दाबी गर्छन ।  प्रत्याभूति सम्बन्धि सम्झौताको कार्यन्वयन मुलुकी देवानी संहिता २०७४ अनुसार हुने सम्झौता मै उल्लेख छ ।   

क्यापिटलले गरेको दाबी जस्तै मुलुकी संहिता २०७४ को दफा ५३१ मा बाढी जस्ता प्राकृतिक प्रकोपका कारण करार गर्दाको परिस्थितिमा आधारभूत परिवर्तन गरी करार पालना गर्न असम्भव भएमा करार बमोजिमको काम गर्नु नपर्ने उल्लेख छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया