बागलुङ काण्डः विज्ञप्ति निकालेर उम्मेदवारी रद्द !

४ बर्ष अगाडि

बागलुङ २ (क) का बागी उम्मेदवार शेरमान घर्ती मगरले आफ्नो उम्मेदवारी नरहेको बताएका छन् । 

उनले आइतबार अपरान्ह जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन कार्यालय बागलुङमा उम्मेदवारी दर्ता गरेता पनि विशेष कारणबस उम्मेदवारी फिर्ता लिने समय सकिएकाले नेकपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाको साझा बामपन्थी उम्मेदवारको रुपमा रहनु भएका क खिमविक्रम शाहीको पक्षमा पूर्ण समर्थन गर्दै मेरो स्वतन्त्र उम्मेदवारी नरहेको व्यहोरा जानकारी गराउन चाहन्छु ।’

हेलिकप्टरमा बुर्तिबाङबाट बागलुङ बजार आएसँगै जिल्ला पार्टीभित्र भएको छलफलपछि  उनले आफ्नो उम्मेदवारी नरहने भन्दै विज्ञप्ति जारी गरेका हुन् । यसअघि उनले समय घर्किसकेर उम्मेदवारी फिर्ता लिन पाएका थिएनन् । 

जिल्ला निर्वाचन अधिकृत विकाशचन्द्र शर्माले घर्तीको उम्मेदवारी फिर्ता नभएको भन्दै उनको नाम पनि समेटेर अन्तिम नामावली सार्वजनिक गरिने बताए ।

यसअघि नेकपा केन्द्रको निर्णयअनुसार बागलुङ प्रदेशसभा निर्वाचनमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार शाहीलाई सघाउने तय भएको थियो । तर सो निर्णय अस्वीकार गर्दै पूर्वमाओवादी निकट घर्तीले बागी उम्मेदवारी दिएका थिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया