भारतको विरोधमा विप्लवको प्रदर्शन, १२ जना पक्राउ

४ बर्ष अगाडि

भारतले गत साता सार्वजनिक गरेको नक्सामा नेपाली भूमि समेटिएको विरोधमा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ निकट विद्यार्थीहरुले माइतीघरमा प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा १२ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल क्रान्तिकारीको ब्यानरमा सो समूहले भारतको पछिल्लो कदमका विरुद्ध माइतीघरमा प्रदर्शन गरेको हो । कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतले आफ्नो नयाँ नक्सामा समावेश गरेको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् ।

विप्लव समूहले कार्यक्रमका लागि विभिन्न विद्यालयका विद्यार्थीलाई स्कुल डे«समै ल्याएका थिए । भारतले कालापानी क्षेत्रलाई समेटेर जारी गरेको नक्सा नसच्याए चरणवद्ध आन्दोलन गर्ने विप्लव समूहको चेतावनी छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया