रक्सोल भन्सार बन्द गर्न नेपाललाई दबाब

४ बर्ष अगाडि

भारत तथा तेस्रो मुलुकसँगको व्यापार व्यवस्थित र आधुनिक किसिमले सहजीकरण हुने महत्वाकांक्षासहित निर्माण गरिएको एकीकृत भन्सार जाँच चौकी ९आईसीपी० पूर्ण रूपमा सञ्चालनका लागि वीरगन्जस्थित रक्सोल नाका बन्द गर्नुपर्ने दबाव बाढेको छ। 

भारत सरकारको अर्थ मन्त्रालयले पटनास्थित सीमा शुल्क निवारण कार्यालयलाई सबै सरोकारवालाहरूसँग छलफल गर्न पत्रचार गरेको छ। भारत सरकारले आईसीपी पूर्ण रूपमा सञ्चालनमा ल्याएर रक्सोल नाका बन्द गर्ने व्यहोराको पत्राचार गरेपनि रक्सोलबाट वीरगन्जको इनर्वास्थित साबिकको भन्सार हुँदै ढुवानी हुने डर्टीकार्गोका आयतकर्ताहरुलाई भने तनाब भएको छ । 

उक्त नाकाबाट इन्धन र रेलबाट आउने फलाम, डर्टी कार्गोहरू कोइला, जिप्सन, फ्लाएस, स्लेग लगायत मालसामान रक्सोलबाट नै ढुवानी हुँदै आएको छ। 
कारोबार दैनिकबाट

४ बर्ष अगाडि

प्रतिक्रिया