‘काठमाडौं जान्न बरु डडेल्धुरामा नै मर्छु’

४ बर्ष अगाडि

सातादिनदेखि डडेल्धुरामामा अनसनरत बरिष्ठ चिकित्सक गोविन्द केसीको स्वास्थ्यवस्था बिग्रदै गएपछि काठमाडौं लैजाने तयारी गरिएको छ ।

केसीले काठमाडौं जान नमानेपनि प्रशासनले भने जबर्जस्ती लैजाने तयारी गरेको छ । केसीलाई काठमाडौं लैजान हेलिकप्टर डडेल्धुरा पुगेको छ।

चिकित्सा शिक्षामा सुधारको माग गर्दै केसी पटकपटक अनसन बस्दै आएका छन् । यसपटक १७ औं चरणको आमरण अनसन डडेल्धुरामा जारी छ । उनी ८ दिनदेखि अनसनमा छन् ।

स्वास्थ्यमा समस्यादेखिएपछि केसीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्य थप जटिल बन्दै गएपछि डडेल्धुरा अस्पतालले उनलाई रेफर गनृुपर्ने बताएपछि काठमाडौंबाट हेलिकप्टर पुगेको हो । तर केसीले भने डडेल्धुरा छोड्न मानिरहेका छैनन्।

उनले सरकारले आफ्नो माग पुरा नगरुन्जेल डडेल्धुरा नछोड्ने बताएका छन्। उनले ‘बरु डडेल्धुरामा नै मर्न तयार’ भएको बताएका छन्।

४ बर्ष अगाडि

प्रतिक्रिया