प्रभु बैंकले कमायो तीन महिनामा ६२ करोड नाफा

४ बर्ष अगाडि

काठमाडौं – प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रु ६२ करोड ८४ नाफा गरेको छ ।

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको विवरण अनुसार बैंकले अघिल्लो वर्षको पहिलो त्रैमासमा रु ५९ करोड ८४ लाख नाफा गरेको थियो ।

बैंकमा असोज मसान्तसम्ममा रु १ खर्ब ६ अर्ब निक्षेप रहेको छ । अघिल्लो  वर्षको असार मसान्तमा बैंकमा रु १ खर्ब ५ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । बैंकले रु ९१ अर्ब ८५ करोड कर्जा दिएको छ । अघिल्लो वर्ष रु ८५ अर्ब ८२ करोड कर्जा दिएको थियो ।

कूल रु ८ अर्ब ८९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको रु ४ अर्ब ३९ करोड रिजर्बमा छ । प्रभु बैंकले पहिलो त्रैमासिक अवधीको विवरण अनुसार सेयरधनीलाई बाड्न मिल्ने नाफा रु ५५ करोड ७६ लाख रहेको छ ।

बैंकको पूँजीकोष अनुपात ११ दशमलव ३ प्रतिशत रहेको छ । बैंकको खराब कर्जा ३ दशमलव ३२ प्रतिशत रहेको छ ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया