‘अघोरी बाबा’ पक्राउ

४ बर्ष अगाडि

सामाजिक सञ्जालमा अघोरी बाबा भनेर चर्चित विजय केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाबामाथि ठगी गरेको आरोप लागेपछि महानगरीय प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी प्रवक्ता होविन्द्र बोगटीका अनुसार बाबाले विदेश पठाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेपछि प्रहरीले सोधपुछका लागि बोलाइएको हो ।

बाबासँगै उनकी पत्नीलाई पनि बौद्ध प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया