पोर्न हेर्नुहुन्छ ? ब्रेक–अपको लागि तयार हुनुहोस्

५ बर्ष अगाडि

एजेन्सी – यदि तपाईंलाई पोर्न हेर्न निकै मनलाग्छ र यसका लागि आफ्ना महत्वपूर्ण काम पनि छोड्नुहुन्छ भने तपाईंको लागि नराम्रो खबर छ ।

सोधका अनुसार जसलाई पोर्न हेर्न मनपर्छ उनीहरुको जीवनबाट बिस्तारै रोमान्स कम हुने गर्दछ । उनीहरुलाई डेटमा जान मनपर्दैन किनभने उनीहरुलाई यसको आवश्यकता नै छैन जस्तो लाग्न थाल्छ ।

अनुसन्धानका अनुसार स्थिती त्यतिबेला खराब हुनसक्छ जब तपाईंलाई डेटिङमा जानुभन्दा पोर्न हेर्न राम्रो लाग्न थाल्छ । यस्तो अवस्थामा तपाईंको आत्मविश्वास खस्किने गर्दछ र तपाईं आफूलाई अरुभन्दा भिन्न पाउनुहुन्छ । यसले तपाईंको सम्बन्धमा नकारात्मक असर पुर्याइरहेको हुन्छ ।

३ सय ५० पुरुष र ३ सय ३६ महिलामाथि गरिएको यो सोध जर्नल अफ सेक्स रिसर्चमा प्रकाशित भएको थियो । आफूलाई चाहेर पनि पोर्न हेर्न रोक्न सक्नुहुन्न भने तपाईंलाई पोर्नको लत लागेको बुझ्नुपर्ने अनुसन्धानले बताएको छ ।

अनुसन्धान भन्छ, ‘स्थिती त्यतिबेला भयानक बन्ने गर्दछ जब तपाईंलाई पोर्न हेर्नु राम्रो होइन भन्ने थाहा हुँदा हुँदै पनि आफूलाई यसबाट टाढा राख्न सक्नुहुन्न । यस्तो स्थितीमा तपाईंको आत्मविश्वास खस्किन थाल्छ । ’

‘यदि तपाईंलाई पोर्न हेरेपछि हिनताबोधको भावना पैदा हुन्छ र तपाईं तनाव लिनुहुन्छ भने यसको प्रत्यक्ष असर तपाईंको सम्बन्धमा पर्ने गर्दछ ।’

५ बर्ष अगाडि

प्रतिक्रिया