दुई अर्बका ऋणी कारागार बसेपछि इन्भेष्टमेण्ट बैंकमा समस्या

४ बर्ष अगाडि

होटल सञ्चालनका लागि भनेर २ अर्ब भन्दा धेरै ऋण लिएका  व्यक्तिहरु कारागारमा बसेपछि नेपाल इन्भेष्टमेण्ट बैंक समस्यामा परेको छ । 

जुवाखालबाट पक्राउ परेका ‘क्यासिनो किङ’ बलराम सापकोटा ‘बले’ र पवित्रकुमार कार्की छुट्ने टुंगो नभएपछि बैंक समस्यामा परेको हो । 

मोरङ्गको धुलावारीमा  ७ बिगाह क्षेत्रफलमा फैलिएको जग्गामा होटल मेची क्राउन बनाउन भन्दै ऋण लिएका उनीहरु कात्तिक ९ गते राती जुवाखालबाट पक्राउ परेका थिए । 

बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत ज्योतीप्रकाश पाण्डेले ‘हाईप्रोफाईल’ जुवाडेद्वयलाई कर्जा दिएका थिए । 

पक्राउ परेका उनीहरुलाई प्रहरीले अदालतबाट म्याद थपेर थुनामै राखेपछि उनीहरुको होटल मेची क्राउनको काम पनि अलपत्र परेको छ भने बैंकको ऋण कसरी उठाउने भन्ने विषयमा पनि समस्या उत्पन्न भएको छ । 

काभ्रेको रोशी गाउँपालिका, बाल्टिङ स्थायी बासिन्दा बले अन्नपूर्ण होटलमा भाँडा माझ्ने काम गर्दागर्दै सोही होटलस्थित अन्ना क्यासिनोमा बाउन्सर र पछिल्ला दिनमा आफैँ जुवा खेलाउने व्यक्ति हुन । 

कांग्रेसका सभापति शेरबहादुर देउवासँगसमेत निकट सम्बन्ध भएको बताउने उनी पछिल्लो समय नेपाली राजनीतिमा नेकपाको प्रभाव बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बा’ भन्दै पार्टीका अन्य नेताहरुसँग समेत निकट सम्बन्ध राख्न सफल भएका थिए । 

होटल ‘मेची क्राउन’ मा बलेको पार्टनर बनेका कार्की  हेलिकोप्टर व्यापारी हुन् ।

एयर डाइनेस्टीका प्रबन्ध निर्देशक रहेका उनी बलेलाई आर्थिक सहयोग गर्ने र हरेक काममा ब्याकअप दिने व्यक्तिका रुपमा चिनिन्छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया