चल्ला बनाउने अण्डा आयात गर्दा ५० प्रतिशत भन्सार छुट

४ बर्ष अगाडि

ह्याचरी उद्योगहरुले आयात गर्ने चल्ला बनाउने अन्डा ५० प्रतिशत भन्सार छुट दिने भएको छ ।
आर्थिक ऐन २०७६ संशोधन गरेर सरकारले पोल्ट्री फार्मलाई भन्सार छुट दिएको हो।

संशोधित भन्सार ऐनमा कुखुरा पालन व्यवसायका लागि आवश्यक पर्ने भन्सार उपशिर्षक ०४०७।११।०० र ०४०७।१९।०० मा पर्ने चल्ला कोरल्नका लागि निषेचित फुलहरुको पैठारीमा लाग्ने भन्सार महसुलमा ५० प्रतिशत छुट दिइनेछु भनि उल्लेख गरिएको छ।
पछिल्लो समयमा कुखुरा पालन युवा व्यवसायीको मुख्य आकर्षणको पेशा बनेको छ ।

भन्सार छुटले कुखुरा व्यवसायमा लागेका युवाहरुलाई थप सहज बनाउने छ ।

ह्याचरी उद्योगले एक पटकमा ७ लाख भन्दा बढी अन्डा आयात गर्दै आएको छ ।
अब पोल्ट्री फर्महरुले चल्ला उत्पादन गर्ने अन्डा आयातमा ५ मात्रै प्रतिशत भन्सार तिर्नु पर्नेछ।

आर्थिक वर्ष २०७६र०७७ को बजेट वक्तव्यमा पोल्ट्री उद्योगलाई दीर्घकालीन समयसम्म सहज हुने गरी व्यवस्था गरिने उल्लेख छ।  

४ बर्ष अगाडि

प्रतिक्रिया