यात्रुलाई उभ्याए १ हजार ५ सय सम्म जरिवाना...

४ बर्ष अगाडि

सार्वजनिक सवारीसाधनले  यात्रुलाई उभ्याएर यात्रा गराउन नपाउने 
साना सार्वजनिक सवारीसाधनले यात्रुलाई उभ्याएर यात्रा गराउन नपाउने भएका छन्।
माईक्रो बस, मिनिबस, ट्याम्पो लगायतका साना भाडाका सवारीसाधनले सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाउने भएका छन भने ठूला बसहरुले पनि यात्रुहरुलाई खचाखच हुने गरी उभ्याउने पाउने छैनन्।
यातायात व्यवस्था विभागले छिट्टै यो व्यवस्था लागु गर्ने तयारी भैरहेको जानकारी दिएको छ । 
यात्रुको अधिकार स्थापित गर्न र सार्वजनिक सवारीसाधन सुधार गर्न यो नीति ल्याउन लागिएको हो ।यो नीति लागु भएपछि यात्रुहरुलाई उभ्याएमा ट्राफिक प्रहरीले १ हजार ५ सय सम्म जरिवाना गर्न सक्नेछ।ठूला बसहरुले मात्रै सहज हुने  गरी थोरै यात्रुहरुलाई उभ्याएर यात्रा गराउन पाउने छ ।  विहान र बेलुकी यात्रुहरुको अत्यधिक चाप हुने समयमा ठूला बसमा केहीलाई सहज हुने गरी उभ्याएर पनि यात्रा गराउन दिन लागिएको हो।यो नियम तत्कालका लागि उपत्यकाभित्र लागु गर्न लागिएको हो। पहिलो चरणमा शहरी क्षेत्रलाई लक्षित  गर्ने दोस्रो चरणमा देशैभर लागु गर्ने तयारी छ।विभागका अनुसार यो नियम छिट्टै देशभर लागु हुनेछ। पहाडी क्षेत्रमा चल्ने सवारीसाधनहरुमा छतमा समेत यात्रु राख्ने गरेको पाईन्छ। जसले दुर्घटना समेत बढाएको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया