रुप ज्योतिका दाजु पद्म ज्योतिलाई पनि पक्राउ पुर्जी

४ बर्ष अगाडि

 
उद्योगपति पद्म ज्योतिलाई पक्राउ गर्न अदालतले पक्राउ पुर्जी जारी गरेको छ।

पद्म ज्योति रुप ज्योतिका दाजु हुन । ज्योलिाई पक्राउ गर्न सोमबार अदालतले पक्राउ पुर्जी जारी गरेको हो । 

रूप ज्योति पक्राउ परेको ल्यान्डमार्क जग्गा लेनदेन प्रकरणमै  पद्म ज्योतिलाई पनि पक्राउ पुर्जी जारी गरिएको हो।

पद्म ज्योति नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष हुन्।

रूप ज्योतिलाई प्रहरीले कात्तिक २१ गते त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको थियो। उनलाई हिरासतमा अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट दुई पटक म्याद थपेको छ।

सोही मुद्दामा रूप ज्योतिकी छोरी सुरूची पनि पक्राउ परेकी छन्। 

४ बर्ष अगाडि

प्रतिक्रिया