लक्ष्मी बैंकको तीन महिनाको नाफा ४० करोड १९

४ बर्ष अगाडि

लक्ष्मी बैंकले तीन महिनामै ४० करोड १९ लाख नाफा कमाएको छ । 

चालु आर्थिक बर्षको पहिलो त्रैमासमा बैंकले सो नाफा कमाएको हो । 

गत वर्षको यही अवधिमा ३० करोड ३० लाख रुपैयाँ कमाएको लक्ष्मीको नाफा ३२ प्रतिशतले बढी हो । 

रु ८२ अर्ब २० करोड निक्षेप संकलन गरी रु ७८ अर्ब १९ करोड रुपैयाँ ऋण लगानी गरेको बैंकको तीन महिनाको  निक्षेप संकलन २.३४ प्रतिशतले बढेको छ । 

ऋण लगानी ४.८० प्रतिशतले बढाएको लक्ष्मी बैंकले खुद व्याज आम्दानी गरी १६ प्रतिशत बढाएर ८६ करोड ५७ लाख रुपैयाँ आर्जन गरेको छ । 

बैंकको चुक्ता पूँजी ८ अर्ब ९२ करोड रुपैयाँ छ भने जगेडामा दुई अर्ब २४ करोड रुपैयाँ जम्मा गरेको छ। पूँजीकोष अनुपात १२.३६ प्रतिशतबाट खुम्चिएर ११.९० प्रतिशतमा झरेको छ।

खराव कर्जा १.५० प्रतिशतबाट सुधार भइ १.०४ प्रतिशतमा झार्न सफल भएको छ। 

बैंकको कस्ट अफ फण्ड घटेर ७.१९ प्रतिशतमा झरेको छ। आधार व्याजदर १०.२४ प्रतिशत छ भने स्प्रेडदर ४.०५ प्रतिशतबाट बढेर ४.३३ प्रतिशत पुर्याएको छ।

प्रति शेयर आम्दानी चार रुपैयाँले सुधार भएर १८ रुपैयाँ पुगेको छ।  
 

४ बर्ष अगाडि

प्रतिक्रिया