सुन र चाँदीको मूल्य मंगलबार स्थितर

४ बर्ष अगाडि

काठमाडौं – सुनको मूल्य मंगलबार स्थिर रहेको छ । मंगलबार सुन अघिल्लो  दिनकै मूल्य अर्थात रु ७१ हजार २०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुन पनि सोमबारकै मूल्य अर्थात रु  ७० हजार ९०० मा कारोबार भइरहेको छ । सुनको मल्य सोमबार तोलामा रु २०० ले बढेर रु ७१ हजार २०० मा कारोबार भएको थियो ।

मंगलबार सुनसँगै चाँदीको मूल्य  समेत कुनै परिवर्तन भएन । चाँदी सोमबारकै मूल्य अर्थात प्रतितोला रु ८४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सोमबार चाँदी तोलामा रु ५ ले बढेर प्रतितोला रु ८४५ मा कारोबार भएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया