३ महिनामा ६ लाख १९ हजारले लिए प्यान

४ बर्ष अगाडि

२ हजार भन्दा ठूलो भुक्तानीमा स्थायी लेखा नम्बर प्यान अनिवार्य गरेपछि कर कार्यालयमा घुईचो लागेको छ ।

यो आर्थिक बर्षको ३ महिनामा ६ लाख १९ हजार जनाले प्यान लिएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयका अनुसार ०७६ असार मसान्तसम्ममा ९ लाख ९३ हजार जनाले प्यान लिएका थिए ।

तर, चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा मात्रै ६ लाख १९ हजार जनाले प्यान लिएका छन् ।

असार मसान्तसँग तुलना गर्दा पछिल्लो ३ महिनामा प्यान लिनेको संख्या ६२ प्रतिशतले बढी हो ।

अहिलेसम्म प्यान लिनेको संख्या २८ लाख ८९ हजार पुगेको मन्त्रालयले जनाएको छ । व्यक्तिगत र व्यावसायिक गरी २ प्रकारका प्यान लिन पाइन्छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया