पहिरोमा पुरियर गोरखामा तीनको मृत्यु

५ बर्ष अगाडि


गोरखाको शहीद लखन थापा गाउँपालिका वडा नम्बर ६ अँधेरीमा बुधबार बिहान पहिरोले घर भत्किँदा तीन जनाको मृत्यु भएको छ । 
अधेरीका स्थानीय नवराज कुँवरको घर पहिरोले  भत्किँदा उनकी छोरी १० वर्षीया प्रमिना कुवँर, भान्जी २० वर्षीया सरु र सरुकी आठ महिने छोराको मृत्यु भएको स्थानीय रामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

राती देखि परेको अबिरल बर्षका कारण पहिरो खस्दा उनिहरु बसेको कोठा पुरीए पछि उनिहरुको मुत्यु भएको उहाँले बताउनुभयो । बिहान करिव ६ः ३० बजेतिर पहिरो गएको हो । कुँवरकी भान्जी सरु पुजाको निम्तो मान्न  मामाकी घर गएकी थिइन् ।

पहिरोमा परी अन्य २ जना सामान्य घाइते भएको  स्थानियले बताएका छन् । 
घटना स्थलमा प्रहरी पुगी नसेकको स्थानियबासी श्रेष्ठले जानकारी दिनुभयो । यता जिल्ला प्रहरी कार्यालय गोरखाले भने घटना स्थल तर्फ प्रहरी गइसेकेको जनाएको छ । लगातारको बर्षा पछि गाउँका अन्य केही घरहरु पनि जोखिममा रहेको स्थानियबासीको भनाई छ ।

लगातारको बर्षाले त्यस क्षेत्रमा अन्यत्र पनि धेरै स्थानमा पहिरो गएको स्थानियबासीहरुले बताएका छन् । 
पहिरोले एकै घरमा ३ जनाको मुत्यु भएपछि अहिले अधेरी गाउँशोकमा डुवेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया