‘मिस्टर झोले’ को हङकङमा प्रिमियर

६ बर्ष अगाडि

काठमाडौं –पुसबाट देशभरका चलचित्र भवनमा प्रदर्शनमा आउने चलचित्र ‘मिस्टर झोले’ यहि आईतबार (जनवरी १४) हङकङमा प्रिमियर हुने भएको छ । 

मृगौला पिडित दीलुमाया गुरुङको सहयोगार्थ प्रिमिएर गर्न लागिएको हो ।


‘गुर्खा सेमेटेरिज ट्रस्ट’को प्रस्तुतिमा देव, जीवन, अरुण र टोपराजले शो आयोजना गर्न लागेका हुन् । ‘अडीटोरियम युएन लंग’ थिएटरमा बेलुका ८ बजे हुने शो को लागि पुरानो नाँचघर अगाडीबाट स–शुल्क बसको पनि व्यवस्था गरिएको छ ।

निर्देशक रामबाबू गुरुङका अनुसार सो प्रिमिएरमा उनीसहित कलाकार दयाहाङ राई र दीया पुन सहभागी हुनेछन् । चलचित्रमा दया र दीयासहित बुद्धि तामाङ, विजय बराल, प्रविण खतिवडा, कमलमणि नेपाल, अरुणा कार्कीसहितको अभिनय रहेको छ ।


कालीप्रसाद बाँस्कोटा र सुजेन कार्कीको संगीत, शैलेन्द्र डी कार्कीको छायाँकन र विक्रम स्वरको नृत्य निर्देशन रहेको चलचित्र मिष्टर झोलेलाई टेकेन खड्का र रौनक विक्रम कँडेलले मिलेर बनाएका हुन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया