आठ अर्बको शेयर बेच्ने तयारीमा रहेको नेपाल इन्फास्ट्रक्चर बैंकको नाफा १८ करोड

४ बर्ष अगाडि

काठमाडौं – कूल आठ अर्ब बराबरको साधारण शेयर विबक्री गर्ने तयारी गरेको नेपाल इन्फास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा रु १८ करोड ५८ लाख नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म रु ६६ करोड ९२ लाख नाफा गरेको बैंकले चालु आवको  असोज मसान्तसम्ममा २७ दशमलव ७७ प्रतिशत नाफामा वृद्धि गरेको हो ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सो अवधिमा रु  २५ करोड  निक्षेप संकलन गरि रु ८ करोड ४४ लाख कर्जा लगानी गरेको छ । सो अवधिमा बैंकले रु ३१ करोड ७९ लाख ५५ हजार व्याज आम्दानी गरेको छ ।

बैंकको चुक्ता पुँजी  रु १२ अर्ब रहेको छ भने रु ९७ करोड ४८ लाख  रिर्जभमा छ । गत असोज मसान्तसम्म बैंकको कष्ट अफ फण्ड ९ दशमलव ४० प्रतिशत र प्रतिसेयर आम्दानी ६ रुपैयाँ २० पैसा रहेको छ ।बैंकले रु ८ अर्ब बराबरको साधारण शेयर बिक्रीको तयारी गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया