ल क्याम्पसबाट शुरु भयो ‘सीमा बचाऊ’ अभियान

४ बर्ष अगाडि

लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायत देशका विभिन्न भागहरुमा भारतीय पक्षबाट भैरहेको सीमा अतिक्रमणका विरुद्ध बृहद छलफल कार्यक्रम सम्पन्न भएको छ । 

कार्तिक २५ गतेका दिन नेपाल ल क्याम्पसमा भएको सो छलफल कार्यक्रममा भैरव रिसालको प्रमुख अतिथिमा रहेको थियो । हिरण्यलाल श्रेष्ठको अध्यक्षतामा अगाडि बढेको सो कार्यक्रममा आगामि योजनाबारे स्वनाम साथीले प्रष्ट पारेका थिए । 

छलफलले सीमा अतिक्रमण तथा भारतीय हस्तक्षेपका विरुद्ध सशक्त कार्यक्रम चलाउन ‘सीमा बचाउन अभियान’ नामक संस्था गठन गरि आगामी मंसीर १ गते भृकुटीमण्डपमा १२.३० बजे जम्मा भै शान्तीवाटीकासम्म बृहद विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । 

ल क्याम्पसमा भएको छलफल कार्यक्रममा जगत भुसाल, एकराज भण्डारी, लोककृष्ण भट्टराई, कमानसिंह लामा, द्धारिकानाथ ढुंगेल, लोकनारायण सुवेदी, प्रा.डा.जीवेन्ददेव गिरि, जगतप्रसाद रेग्मी, श्याम श्रेष्ठ, विकल्प नेपाली, संघर्ष दाहाल , रोहित वास्तोलाले आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन समीर सिंहले गर्नूभएको थियो । 

छलफल कार्यक्रमले विभिन्न प्रस्तावहरु पारित गरेको छः
१.लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपाली भूमि हो । 
२.नेपाल सरकारको तर्फबाट नेपाली भूमिलाई समेट्ने गरि नेपालको आधाकारिक नक्शा जारी गरिनुपर्दछ । 
३.सीमा अतिक्रमण माथि गंभीर हुँदै सवोच्च राजनैतिक तहबाट भारतसीत कुटनीतिक पहल शुरु गरिनुपर्दछ । 
४.सीमा अतिक्रमणको विरोधमा बृहद शक्ति प्रदशन गरिनुपर्दछ । 
५.कुटनीतिक माध्यमबाट मुद्धा सल्टेन भने सीमा अतिक्रमणको मुद्धालाई सरकारको तर्फबाट पनि अन्तराष्ट्रिकरण गरिनुपर्दछ भनेर दबाब दिनुपर्दछ । नागरिकको तर्फबाट अहिल्यै अन्तराष्ट्रियकरण गरिनुपर्दछ । 
६. हामीसीत कालापानी, लिम्पियाधुरा, कालापानी हाम्रो हो भन्ने सम्बन्धमा नक्सा लगायतका जे–जती प्रमाणहरु हुन्छ, त्यसको पुस्तिका बनाएर राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा प्रचार गरिनुपर्दछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया