साउन १३ देखि शिवम् सिमेन्ट्सको आईपीओ आउँदै कति कित्ता भर्न पाइन्छ

५ बर्ष अगाडि

काठमाडौं । शिवम् सिमेन्ट् लिमिटेडले साउन १३ गतेखदेखि साधारण सेयर आईपीओ बिक्री गर्ने भएको छ । 

कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित मकवानपुरका स्थानीयबासिन्दालाई ८ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

स्थानीयबासिन्दालाई प्रतिकित्ता २०० रुपैयाँ प्रिमियम थप गरी ३०० रुपैयाँमा आईपीओ निष्कासन गर्ने भएको छ । 


आईपीओ निष्कासनबाट उद्योगले २६ करोड ४० लाख रुपैयाँ संकलन गर्नेछ ।

आईपीओ निष्कासन साउन १३ गतेदेखि सुरु भई भदौ ११ गतेसम्म तोकिएको छ ।

न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाइने छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया