सेकेन्ड ह्याण्ड गाडी खरिद गर्दै हुनुहुन्छ? यी कुराहरुमा ध्यान दिनुहोस्

४ बर्ष अगाडि

घर पछिको सबैभन्दा अर्को ठूलो लगानी गाडी हो भनिन्छ । सामान्य आम्दानी भएका मानिसहरुले गाडी खरिद गर्न सक्दैनन् । धेरै मानिसहरुले गाडी चढ्ने सपना बुन्छन् कतिपयको उक्त सपना सेकेन्ड ह्याण्ड गाडीले पुरा गरिदिन्छ । नयाँ गाडी खरिद गर्दा जति सोचिन्छ त्यो भन्दा बढी सेकन्ड ह्याण्ड गाडी किन्दा सोच्नु आवश्यक छ । किनकी हरेक उत्पादनको आयु हुन्छ । सेकेन्ड ह्याण्ड गाडीमा खराबी छ कि छैन, त्यसले बाँकी कतिसमयसम्म काम गर्छ त्यसको बारेमा बुझ्न तथा जाँच गर्नु आवश्यक हुन्छ ।

१. टेस्ट ड्राइभ
सेकेन्ड ह्याण्ड गाडी खरिद गर्नु भन्दा अगाडी गाडीको कन्डिसन कस्तो छ भनेर टेस्ट ड्राईभ गर्नु आवश्यक छ । टेष्ट ड्राइभले गाडीको बारेमा धेरै कुरा जान्न सकिन्छ । तर ड्राइभ गर्ने चालक कुशल हुनुपर्छ साथै इन्जिन तथा गाडीको भित्री तथा बाहिरी बनावटको बारेमा जानकार हुनु आवश्यक छ । टेष्ट ड्राइभिङको बेलामा गाडीमा के–कस्तो समस्याहरु छन् या छैनन् थाहा हुन्छ ।

टेष्ट ड्राइभ छोटो दुरिमा गरेर गाडीमा समस्या छ या छैन थाहा हुदैन यसको लागि यति नै दुरि गुडाउनु आवश्यक छ भन्ने होइन तर सम्भव छ भने ३० किमी बराबरको यात्रा गर्नु आवश्यक छ । टेष्ट ड्राइभ सबैखाले बाटोहरु, उकालो, ओरालो, खाल्डाखुल्डी, पिच रोड तथा ग्राभेल बाटोमा गर्नुपर्छ । किनकी नेपालको सडकहरु यस्तै छन् ।

टेष्ट ड्राइभ आफुले मात्रै गर्नुभन्दापनि सम्भव छ भने आफ्नो साथिभाईहरुलाई पनि गर्न लगाउँदा राम्रो हुन्छ ।

२.गाडीको इन्टेरिअर र एक्सटेरिअर
गाडि लक्गरीको लागि पनि प्रयोग गरिने हुँदा आकर्षक देखिनुपर्छ । गाडीको मूल्य जतिसुकै महंगो भएतापनि बनावट ९भित्री तथा बाहिरी० राम्रो छैन भने उक्त मूल्यको अर्थ हुदैन । साथै गाडीको भित्री भागमा कुनै समस्या छ या छैन भनेर सबै पार्टहरुको जाँच गर्नु आवश्यक छ । इन्टेरिअरमा प्रयोग गरिएका सामानहरुको कस्तो प्रकारका छन् त्यो कुराहरुमा ख्याल पुर्याउनुपर्छ । साथै कोरिएको, कुच्चिएको छ छैन त्यो कुरामा ख्याल गर्नु आवश्यक छ ।

३. चुहावट परिक्षण
गाडी छनोट गर्दा गाडीबाट कुनै चुहावट हुन्छ या हुदैन त्यसको निरिक्षण गर्नुपर्छ । जस्तो तेल तथा मोबिल । चुहावट भएको गाडी केही सस्तो मूल्यमा पाइयो भन्दैमा किनिहाल्ने निर्णय गर्नु पनि राम्रो होइन । सस्तो मूल्य भन्दा उक्त चुहावट नियन्त्रण गर्न लाग्ने लगानी महंगो सावित हुनसक्छ ।

चुहावटको परिक्षणको लागि टेष्ट ड्राइभको बेला सुख्खा बाटोमा गाडी चलाएपछि आफुले गाडी चलाएको बाटोको अवलोकन गर्दा चुहावट भएको छ या छैन थाहा पाउन सकिन्छ । यदि गाडीबाट कालो रंगको तरल पदार्थ चुहावट भएको छ भने गाडीको पाइपबाट चुहावट भएको हो । यदि हरियो र निलो रंगको तरल पदार्थ देखियो भने फ्यूल ट्यांकीमा समस्या छ । यस्तो गाडी सकेसम्म खरिद नगरेको राम्रो ।

४.मेकानिक्सबाट निरिक्षण र मूल्य सल्लाह
आफूले मात्रै गाडी टेष्ट गरेर खरिद गर्ने निर्णय गर्नु हुदैन । त्यसको लागि गाडी बनाउने मेकानिक्ससँग सल्लाह लिनुपर्छ । साधरण चालकले नदेखेको तथा नभेटेको समस्या मेकानिक्सले पत्ता लगाउने गर्छ । मूल्यको सवालमापनि मेकानिक्ससँग सल्लाह माग्नुपर्छ । साथै बजार मूल्यको अध्यायन गर्नुपनि आवश्यक छ ।

५.गाडीको रिभ्यु हेर्ने
नेपाली बजारमा बाहिरी देशमा प्रयोगमा आइसकेका गाडीहरु केही समयपछि गुड्ने हुनाले विदेशी गाडीका प्रयोगकर्ताले इन्टरनेटमा गाडीको सकारात्मक तथा नकारात्मक पक्षको बारेमा रिभ्यु लेख्ने गरेको पाइन्छ । साथै गाडीको बारेमा रिभ्यु लेख्ने साइटहरुपनि गुण तथा दोषको बारेमा लेख्ने हुनाले त्यसको अध्यायन पनि गर्नुपर्छ ।

६.गाडीको रेकर्ड हेर्ने
गाडी कहि कतै दुर्घटना परेको छ या छैन, गाडी कुनै कानुन बिपरितको काममा प्रयोग भएको छ या छैन त्यसबारेमा जान्नु आवश्यक छ । यदि त्यस्तो गाडी खरिद गरियो भने अनावश्यक झञ्झट भोग्नुपर्छ । यसबाट बच्न प्रहरी, तथा यातायाको रेकर्ड हेर्नुपर्छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया