अब काठमाडौंमा फटपाथका पसल हटाउने अभियान

४ बर्ष अगाडि

काठमाडौं महानगरपालिकाले भित्री सहरमा मठमन्दिर र बाटो कब्जा गरेर सञ्चालन भइरहेका फटपाथ पसल हटाउने अभियान नै सुरु गरेको छ। 

नगर प्रहरीले फटपाथ पसललाई निरुत्साहित गर्न सामान उठाउने, जरिवाना लिनेलगायत काम गरिरहे पनि प्रभावकारी नभएपछि आइतबारदेखि महानगरले अभियान नै चलाएको हो ।

असन, भोटाहिटी, इन्द्रचोक, बांगेमडासम्म फुटपाथ व्यापारीले बाटो आगेटेको र आवागमन असहज बनाएको पैदलयात्रले गुनासो गरेपछि महानगरले अभियान सञ्चालन गरेको हो ।

कतिपय व्यापारीले सटरको भाडा तिरेर पसलबाहिर पनि अन्यलाई पसल सञ्चालन गर्न दिइरहेको पाइएको छ । पहिला नगर प्रहरीले फुटपाथबाट उठाएका समान फिर्ता दिने गरेको थियो। 
कान्तिपुर दैनिकबाट
 

४ बर्ष अगाडि

प्रतिक्रिया