पोखरामा ओलीलाई कालो झन्डा

५ बर्ष अगाडि

 
पोखरा-नेविसंघका विद्यार्थीले पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाएका छन् । प्रम ओली गण्डकी प्रदेशमा सम्बोधन गर्न आएपछि नेविसंघ कास्कीले विरोधस्वरुप कालो झन्डा देखाएको हो ।

डा. गोविन्द केसीको मागमा सरकार जिम्मेवार नभएको बताउँदै नेविसंघ केन्द्रीय सदस्य भानु ढकालले मूल्य वृद्धि फिर्ता नलिएसम्म आन्दोलन नरोकिने चेतावनी समेत दिएका छन् । तानाशाही ओली शासनले आम जनताको पसिना र रगत खाने काम भएको भन्दै डा गोबिन्द केसिको जीवन रक्षासहित विकासको नाममा जनताको विनास गर्न नहुने नेविसंघ विकास थापाले बताए । उखान टुक्का र छलकपटको भरमा देश नचल्ने बताउँदै आन्दोलन थप चर्काउने थापाले बताए । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया