सिंह र घिसिङबीच त्यसदिने किन भयो झण्डै हात हालाहाल

५ बर्ष अगाडि

काठमाडौँ । निर्माण व्यवसायीले कति सम्म गलतकाम गर्छन र सरकारी निकायलाई नै कुन रुपमा झुलाएर राख्छन् भन्ने उदाहरण खोज्न दूरुदराज जानु पर्दैन । पछिल्लो समय राजनीतिक नेतृत्वको आवरणमा उनीहरुले दिन प्रतिदिन राज्यलाई ठगी रहेका छन् । गृह मन्त्रालयले काम चोर ठेकेदारलार्ई कारवाही गर्ने भनेर हल्ला चलाएपनि एकाध ठेकेदार बाहेक अरु कोही पनि कारवाहीको दायरामा आएनन् । 
काठमाडौँका नै केही भवन निर्माणको अवस्थालाई हेरे हुन्छ । मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारमा निर्माण भइरहेको भवनहरुको अवस्था हेरे थाहा हुन्छ । सिंहदरबार भित्रका भवन बनाउन त तोकिएको समय भन्दा चार वर्ष बढी समय लाग्छ भने अन्यत्रको त के कुरा गर्नु ।
तर यो समाचार सामग्रीमा  सिंहदरबारको भवन भन्दा पनि सिंहदरबारबाट दश मिनेटको दुरीमा रहेको सानो गौचरणमा निर्माण भइरहेको एक भवनको बारेमा उल्लेख गर्न लागिएको हो ।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय मातहतको विद्युत् विकास विभागको भवन निर्माणका लागि ठेक्का लागेको ठ्याक्कै दश वर्ष भयो ।  
आफूलाई अब्बल ठेकेदार दावी गर्ने साकुन्तललाल हिराचनको ठेकेदार कम्पनीले सो विभागको भवनको निर्माण गर्ने जिम्मा लियो । दश वर्षसम्म पनि विभागको भवन पूर्ण रुपमा निर्माण सम्पन्न भएको छैन । हिराचन प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका भित्रिया ठेकेदार हुन् । विशेष गरी हिराचनलाई शेरबहादुर देउवा पत्नी आरजुको विशेष अनुराग समेत रहेको छ । 
हरेक वर्ष साउन १ गते विभागको वार्षिकोत्सव आयोजना गरिन्छ । सो अवसरमा हरेक पटक भवन निर्माणको विषयले प्राथमिकता पाउँछ । तर कुनै पनि वर्ष भवन निर्माण सकिदैन । केही दिन पहिले पनि विभागले वार्षिकोत्सव मनायो । कार्यक्रममा ऊर्जा मन्त्री वर्षमान पुन, ऊर्जा सचिव अनुपकुमार उपाध्याय, अर्का सचिव सञ्जय शर्मालगायत उच्च सरकारी अधिकारी सहभागी थिए ।
उनीहरुले भवनको बारेमा केही कुरा उठाए । तर भवन निर्माणमा किन ढिलाई भइरहेको छ भन्ने बारेमा कोही कसैले पनि उत्तर दिएनन् । हिराचनको निर्माण कम्पनीले हरेक वर्ष विभागलाई ढाट्दै आएको छ । विभागको केही महाशाखा सोही भवनमा लगिएको छ । तर भवनमा न त झ्याल ढोका छन् । न त कुनै सुरक्षात्मक प्रणाली नै जडान भएका छन् । अवस्था कस्तो छ भने भवन अझै एक वर्ष पुर्ण रुपमा निर्माण सम्पन्न हुनेवाला छैन ।
भवन फिनिसिङ, मर्मत तथा रङ रोगनको काम गरिएको छैन । वर्षौं भएकाले अब आफ्नै भवनमा सरेर बाँकी काम पूरा गर्ने विभागका महानिर्देशक नविनराज सिंहको दावी छ । तर जानकारहरुकाअनुसार भवन निर्माणमा ढिलाई गर्ने ठेकेदारलाई उनै महानिर्देशक सिंहले कडाइपूवर्क काम लगाउन नसकेको बताइन्छ । सिंहकै कारण ठेकेदारले भवन निर्माण गर्न अटेर गर्दै आएको बताइन्छ । वर्षेनी लागत थप्दै ठेकेदारसँग मिलेर सिंहले समेत कमिसन पड्काउने गरेका छन् । 
 ठेकेदारको ढिलाइ तथा निरन्तर अनुगमन हुन नसक्दा निर्माणमा लामो समय लागेको छ । तर काम सम्पन्न नगर्ने र पटक पटक म्याद थपाउँदै आएको ठेकेदारलाई कारवाही गर्न न त विभागले सकेको छ न त कुनै अन्य प्रक्रिया नै सुरु गरेको छ ।
 विभागले गत वर्ष २४औं वार्षिकोत्सव मनाउँदा २०७४ असोजदेखि नयाँ भवनमा कार्यालय सर्ने उनै महानिर्देशक सिंहले बताएका थिए । सिंहले सार्वजनिक रुपमा गरेको भाषणको जमिन कति बलियो थियो वा थिएन भन्ने अहिले आएर प्रष्ट भएको छ ।
विभागले सानो गौचरनमा ७ तले भवन निर्माण गरिरहेको छ । ठेकेदार युनाइटेड विल्डर्सले २०६४ साल पुसमा भवन निर्माणको जिम्मा लिएको थियो । सो भवनको ठेक्का हुँदा  श्रीरञ्जन लाकौल महानिर्देशक थिए । उनी अवकाश भएको पनि ६ वर्ष भइसकेको छ । सुरुमा दुई वर्षमा निर्माण सक्ने भनेर लिएको ठेक्का पटक पटक म्याद थपेर दश वर्ष पूरा भएको छ ।
भवन निर्माण सुरु भएपछि विभागमा मात्रै ७ जना महानिर्देशक  आए र गए । तर भवन निर्माणको अवस्था जस्ताको तस्तै रहेको छ । हालका महानिर्देशक रहेका सिंहले ठेकेदारलाई दबाब दिए पनि उनले प्रतिबद्धता जनाएको समयमा पूरा हुन सकेको छैन । के सिंहले अझै पनि ठेकेदारको संरक्षण गर्लान् कि अझै पनि अवरोध नै गरिहलान् भन्ने प्रश्न भने कायमै रहेको छ । स्मरण रहोस घुस खाएर जलविद्युत् आयोजनाको लाइसेन्स बाँड्नेमा नविनराज सिंहको क्षमता अब्बल रहेको विभागका कर्मचारी बताउँछन् । 
सिंहले ऊर्जा मन्त्री वर्षमान पुनकै अगाडि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै हातपात गर्न खोजेका थिए । घुस खाएर लाइसेन्स दिएको विषयमा विभिन्न अनलाइनमा समाचार सार्वजनिक भएको छ त ? भन्ने विषयमा हासी मजाक भइरहेको बेला सिंहले घिसिङलाई तिमीले नै लेखाएका होलाऊ यो समाचार भन्दै आक्रोशित भएको र झण्डकै हात हालाहालको अवस्था आएको थियो । तर उनै सिंहले विभागको वार्षिकोत्सवको अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई सम्मान गरेपछि यिनीहरुको सम्बन्ध के हो भन्दै कार्यक्रमका सहभागीले जिभ्रो टोकेका थिए
 

५ बर्ष अगाडि

प्रतिक्रिया