राजधानीमा उस्तै छ टिपर आतंक, गृहमन्त्रीको आदेश किन भएन कार्यान्वयन

५ बर्ष अगाडि

काठमाडौँ  । काठमाडौँ उपत्यकामा टिपरलाई यमराजको रुपमा लिइन्छ । पछिल्लो चार महिनामा मात्रै टिपरका कारण राजधानीमा १४ जनाको ज्यान गएको छ ।

कम उमेरका असाध्यै संवेदनशिन चालकले टिपर चलाउने गरेको ट्राफिक प्रहरीको बुझाई छ ।

सरकारले पछिल्लो केही दिन देखि दिउँसोको समयमा टिपर नचलाउन र त्यसका लागि आवश्यक व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिए । तर गृह मन्त्रीको निर्देशन कार्यान्वयन हुन सकेको छैन ।

जडीबुटीमा मात्रै टिपरको ठक्करबाट पछिल्लो एक महिनामा चार जनाको ज्यान गएको छ ।

राजधानीमा ढुंगा बालुवा बोक्ने टिप्परले दैनिक जसो मान्छेको ज्यान लिन थालेपछि गृहमन्त्री आफैंले चासो राखे ।

उनले टिप्परलाई राती मात्रै चलाउन दिने भनेर उपत्यकाका तिनै जिल्लाका प्रमसख जिल्ला अधिकारीलाई निर्देशन समेत दिए । तर उनको निर्देशन कार्यान्वयन हुन सकेको छैन ।

ल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए । तर गृहमन्त्रीको आदेश ट्राफिक प्रहरीले पालना गरेको छैन । किनकी  सडकमा दिउँसै टिप्परले मान्छे मार्ने क्रम जारी रहेको छ ।

मंगलबार दिउँसो काठमाडौंको जडीबुटीको एकै स्थानमा टिपरको ठक्करबाट दुई जनाको ज्यान लिएको छ ।

बुधबार साँझ पनि बालाजु क्षेत्रमा टिपरले दुइृ जनालाइृ घाइते बनाएको छ ।  सरकारले राती ८ देखि बिहान ५ बजे सम्म मात्रै टिपर चलाउन दिने व्यवस्था गरिएको छ । तर बिहान, दिउँसो समेत टिपर चली नै रहेका छन् ।

 गृहमन्त्रीको आदेश आएको दुइ दिन नबित्दै शनिबार दिउँसै टिपरले काठमाडौंकै सोल्टीमोडमा  अनुजा घिमिरेलाई ठक्कर दिएर  ज्यान लिएको छ । उनी एक प्रहरी अधिकारीको छोरी भएको बताइन्छ ।

गृहमन्त्रीको निर्देशनले काम नगर्नुको पछाडि कर्मचारी संयन्त्रमा रहेको कमजोर मानसिकता र आदेश पालना नगर्ने र कार्यान्वयन नगर्ने प्रवृत्ति हावी भएको छ ।

मन्त्रीले दिएको आदेश कार्यान्वयन गर्दै गरुला नी भन्ने सरकारी कर्मचारीको सोच रहेको छ ।

काठमाडौं सहित उपत्यकाका तिनै जिल्लामा गृहमन्त्रीको आदेश विपरित दिउँसोको समयमा टिपर चलाउनेलाई कारवाही गरिएको छैन । चोक चोकमा रहेका प्रहरीले टिपर निर्धक्क चल्न दिएका छन् ।

 दिउँसै चलेका  टिपर हावाको गतिमा मात्रै गुडेका छैनन, आम मानिसका लागि यमराज नै बनेर खडा भएका छन् ।

नागरिक सुरक्षाको पहिलो जिम्मेवारी लिएको निकाय गृह मन्त्रालय हो । त्यसको कार्यान्वयन गर्ने नागरिक जिम्मेवारी लिएको संस्था जिल्ला प्रशासन कार्यालय हो । यस्तै नेपाल प्रहरी र ट्राफिक प्रहरी त्यसको कार्यान्वयन गर्ने औजार हुन् । तर दिन प्रतिदिन टिपरका कारण नागरिकको ज्यान गइरहेको छ ।

असनमा छाडिएका साँढे जस्ता टिपर र तिनका चालकलाई कारवाही भएको सुन्न पाइएको छैन र समाचार समेत लेख्न पाइएको छैन । सडकमा गुडेका, पैदल यात्रामा रहेका यात्रुलाई ठक्कर दिएर टिपर सडकमै छाडेर भाग्ने वा ठक्कर दिएर भाग्ने प्रवृत्ति मौलाएको छ ।

नागरिक सुरक्षासंग जोडिएको विषयमा गृहमन्त्रीको आदेशको पालना नगर्ने जिल्ला  प्रशासन कार्यालयका प्रमसख तथा सम्वद्ध अधिकारीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने माग पनि उठेको छ ।

यस्तै सुरक्षा निकायको भूमिका पनि सन्देहपूर्ण रहेको नागरिकको बुझाई छ । सरकारले मातहतका प्रशासनिक निकायलाई दिउसो टिप्पर रोक लगाउन, सुरक्षा व्यवस्था बलियो बनाउन दिएको निर्देशनमा वेवास्ता गर्नु भनेको नागरिकको सुरक्षामा संवेदशिल नहुनु हो भनेर आलोचना समेत भएको छ ।

 आदेश दिने तर त्यसको पालन नहुने हो भने त्यस्तो आदेश दिनुको कुनै औचित्य हुँदैन । त्यसैले अब आदेश पालन भए नभएको अनुगमन पनि जरुरी भइसकेको छ ।

राजधानीमा मात्रै नभई पुथ्वीराजमार्ग, कोदारी राजमार्ग तथा पूर्व पश्चिम राजमार्गमा समेत टिपर आतंक रहेको छ । नागरिकको ज्यान लिने त्यस्ता टिपर चालकलाई कडा कारवाही गर्नुपर्ने, सरकारी आदेशको पालना गराउनुपर्ने र नागरिकले मसेन अनुसन्धान गर्नुपर्ने अवस्था आएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया