डाक्टर केसीलाई मेट्न पुगे वैद्य, यसकारण स्वास्थ्यमा खतरा

५ बर्ष अगाडि

काठमाडौं–नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले आज शिक्षण अस्पताल पुगी डा गोविन्द केसीलाई भेटी उहाँको स्वास्थ्यबारे जानकारी लिएका छन् । 
अध्यक्ष वैद्यले डा केसीलाई भेटी उनको अभियानमा आफ्नो पार्टीको पूर्ण समर्थन र साथ रहेको बताएको डा केसीका सहयोगी विशद् दाहालले बताए । 

साँझ अस्पताल पुगेका डा केसीलाई आफ्नो स्वास्थ्यको ख्याल राख्नपनि आग्रह गरेको दाहालले बताए । 

चिकित्सा शिक्षा क्षेत्रको माग राखेर डा केसी १५ औँ पटकको २२ दिनको आमरण अनसनमा छन् । 

असार १६ मा जुम्लामा अनसन शुरु गरेका डा केसीलाई सरकारले गत बिहीबार काठमाडौं ल्याएपनि उनले कुनै पनि स्वास्थ्य परीक्षण गराउन र औषधि लिन अस्वीकार गर्दै आएका छन् । 
साधारण स्लाइन मात्र लिने बताएपछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको र कुनैपनि समयमा अप्ठेरोमा पर्न सक्ने बताइएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया