आदित्य दाहाल अद्भूत बालक रहेको भन्दै ओलीले गरे यसरी बखान

५ बर्ष अगाडि

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आदित्य दाहालको प्रतिभा विज्ञानका लागि खोजीको विषय भएको बताएका छन् । 

आदित्य संरक्षण प्रतिष्ठानले आज आयोजना गरेको ‘कलियुगको आदित्य ज्योतिषपथ’ पुस्तकको विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले आदित्य दाहालमा गुरु र स्रोतविना नै ज्ञान हुनु आफैँमा आश्चर्यजनक भएको बताए । 

उनले आदित्यको दार्शनिक श्रृंखला तथा चिन्तन प्रक्रिया धार्मिक प्रक्रियासँग मेल नखाने बताउँदै आदित्यलाई आफ्नो ढंगले सोचविचार गर्न दिने र त्यो ज्ञानलाई प्रकट हुने वातावरण बनाइदिनुपर्नेमा जोड दिए ।  “आदित्यको शारीरिक मात्र होइन ज्ञानको पनि सुरक्षा हुनु आवश्यक छ”, प्रधानमन्त्री ओलीले भने, “यसका लागि सरकार सहयोग गर्न तयार छ ।” 

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांस्कृतिक एवं धार्मिकरुपमा समृद्ध नेपाललाई आर्थिकरुपमा पनि समृद्ध बनाउनुपर्ने धारणा राखे । 

आदिमकालदेखि नै नेपाल ज्ञानको भण्डार भएको भन्दै अध्यक्ष प्रचण्डले सांस्कृतिक तवरले नेपाल समृद्ध बनाउने विषयमा सबै लागिपर्नु पर्नेमा जोड दि दिए  । 

५ बर्ष अगाडि

प्रतिक्रिया