तरुण दलको टाउकोमा यसरी बर्सियो प्रहरीको लाठी

५ बर्ष अगाडि

काठमाडौँ-डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल तरुण दलले निकालेको शान्तिपूर्ण ¥यालीमा प्रहरीले हस्तक्षेप गर्दा चार दर्जनभन्दा बढी घाइते भएका छन् । 

घाइतेको निजामती र कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ । निजामती अस्पतालमा तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, नेपाल विद्यार्थी संघका उपाध्यक्ष पुष्प शाहीलगायत तीन दर्जनभन्दा बढीको उपचार भइरहेको छ । 

कान्तिपुर अस्पतालमा पूर्वमन्त्री एवं दलका पूर्वअध्यक्ष महेन्द्र यादवलगायत एक दर्जनभन्दा बढीको उपचार भइरहेको छ । अध्यक्ष बस्नेतको टाउको र पाखुरामा चोट लागेको छ । 

दलले माइतीघर मण्डलाबाट निकालेको जुलुश बिजुली बजार हुँदै नयाँ बानेश्वर पुग्न लाग्दा प्रहरीले  अश्रुग्यास र लाठी चार्ज गरेको थियो । अश्रुग्यास र लाठी चार्ज गरेको स्थानभन्दा माथि नागरिक अगुवाको समूहले कोणसभा गरिरहेको थियो । प्रहरी हस्तक्षेपपछि सभामा सहभागीसमेत प्रभावित भएका थिए । 

जुलुशमा सहभागीले त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाको संयोजकत्वमा गठित आयोगले स्वास्थ्य शिक्षा सुधारका लागि दिएको प्रतिवेदन कार्यान्वयन हुनुपर्ने, यसअघि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले जारी गरेको अध्यादेशकै भावना अनुरुप कानून मस्यौदा गरी संसद्मा पेश हुनुपर्ने लगायत माग गरेको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया