बोलबम यात्राको यस्ताे छ तयारी

५ बर्ष अगाडि

काठमाडौँ- साउन महिनाको सोमबार मनाइने बोलबम यात्रामा महिनाभरमा एकलाखभन्दा बढी यात्रीको सहभागिता रहने भएको छ । ओम् बोलबम कावँरिया सङ्घले शनिबार बोलबम यात्रा उत्सवको अवसरमा काठमाडौँमा ठूलो सङ्ख्यामा सहभागी यात्रीबीच ¥याली आयोजना गरेको छ ।  ओम् बोलबम कावँरिया सङ्घका अध्यक्ष सुनिल ठाकुरका अनुसार बोलबम यात्रा डिल्लीबजारबाट सुरु भई गोकर्ण सुन्दरीजल पुगेर जल ल्याई यही मार्गबाट पशुपति पुग्नेछ । 
यो पल्ट जलद्रोणी दक्षिण फर्किएको जयवागेश्वरीस्थित अमालकोट कचहरी परिसरको खञ्जनेश्वर महादेवमा पनि बोलबम यात्रीले जल चढाउने भएका छन् ।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले बोलबमको शनिवार आयोजित ¥यालीको जमघट अनुसार नै गोकर्णमा आवश्यक व्यवस्था मिलाइएको बताए । 
चालिसेका अनुसार स्थानीय सामाजिक संस्थाहरुले बोलबमको सुविधामा कार्य गर्ने भएका छन् । पशुपतिनाथ मन्दिर विहान ३ः०० बजेदेखि नै खुला गर्ने व्यवस्था गरिएको नाथका बिसेट अरुण श्रेष्ठले जानकारी दिए । 
यो पल्ट परेको साउनको चारै सोमवार बोलबम यात्रीको सहभागिता रहने भएको छ । यो साउनमा ७, १४,२१,र २८ गते सोमवार परेको छ । गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया