सुजुकीले ल्यायो नेपाली बजारमा एस–प्रेसो

४ बर्ष अगाडि

चर्चित अटोमोबाइल कम्पनी सुजुकीले नेपाली बजारमा एस–प्रेसो ल्याएको छ । आइतबार ललितपुरमा एक समारोहकाबीच कम्पनीले आफ्नो एसयुभी सेग्मेन्टको नयाँ मोडल एस–प्रेसो सार्वजनिक गरेको हो । सो मोडल नेपालका लागि सुजुकीको आधिकारिक वितरक सीजी मोटोकर्पले नेपाल भित्र्याएको हो ।

न्यू मोडल सार्वजनिक गर्दै कम्पनीले एस–प्रेसो नेपालमा ल्याइएको एसयुभी मोडमा अहिले सम्मकै उत्कृष्ट कार रहेको बताएको छ । एक हजार सीसी इन्जिन क्षमतामा बोल्ड अनि पावरफुल एसयुभीमा आएको एस–प्रेसो ‘माई फस्र्ट एसयुभी’ कार रुपमा सार्वजनिक गरेको छ । अरुभन्दा भिन्न विशेषतामा निर्र्मित यो कार पाँचौ पुस्तामा लक्षित कार हो । 

नेपाली बजारमा बहुप्रतिक्षित मानिएको हार्टटेक्ट प्लेटफर्मको एस–प्रेसो क्लासमै सस्तो टप भेरियन्टमा अधिकतम २४ लाख ४९ हजारमा आएको छ ।  चार भेरियन्टमा आएको एस–प्रेसोको स्ट्यान्डाई २२ लाख ९९ हजार, एलएक्सआई २३ लाख ९९ हजार, भीएक्सआई २४ लाख ९९ हजार र टप भेरियन्ट भीएक्सआई प्लसको मूल्य २५ लाख ९९ हजार तोकिएको छ । 

बीएस ६ मापदण्ड समेत पुरा गरेको एस–प्रेसोमा ४० प्रतिशत लचिलो स्टिल प्रयोग गरिएको छ । जसले गाडीको बनोट आकर्षक बनाउनुका साथै अझबलियो, सुरक्षित र कठोर बनाएको छ । १.० सीसी इन्जिन क्षेमताको एस–प्रेसोले ५ हजार ५ सय आरपिएममा अधिकत ५० किलोवाटको पावर जेनेरेट गर्दछ भने, ३ हजार ५ सयको आरपिएममा अधिकतम ९० एनएमको टर्क उत्सर्जन गर्छ । 

बोल्ड डिजाइनमा उत्कृष्ट एसयुभी एस–प्रेसोमा अधिकतम एक सय ८० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ । आकर्षण लुक्स, युनिक र युथफुल इन्टेरियरमा रहेको एस–प्रेसोमा बीच भागमा डाइनामिक कन्सोल राखिएको छ । जसले टफ स्र्पोट वाचबाट प्रभावित हुँदै युवा पुस्ताहरु आकर्षित हुने कम्पनीले बताएको छ । योसँगै ट्रेन्डी इन्फोटेन्ट मेन्ट सिस्टम र डिजिटल स्पिडोमिटरले कारलाई थप सफल बनाएको छ । 

एस–प्रेसोमा सेग्मेन्टमै पहिलो पटक स्टेरिङ्ग ‘माउन्टेड अडियो एण्ड भ्वाइस कन्ट्रोल’ सिस्टम राखिएको छ । त्यस्तै, कारमा म्युजिक, इन्टरटेन्टमेन्ट र नेभिगेसनको लागि स्मार्ट प्ले जडित टचस्क्रिन उपलब्ध गराइएको छ । यसले अटो एप्पल कारप्ले वा अन्य कुनै स्मार्टप्ले स्टुडियो एक्पकम्पेटिवल बनाएको छ । 

सुरक्षित फिचरमा हार्टटेक्ट प्लेटफर्म गाडीको बडी मा इम्प्याक्ट एब्जोप्र्सन डिस्पर्सन सिस्टम उपलब्ध गराइएको छ । जसले यात्रुको सुरक्षामा पूर्ण प्रत्याभूति दिन्छ । त्यस्तै, डुअल एअरब्याग, इबीडी एबिएस ब्रेकिङ्ग सिस्टम प्रि–टेन्सनर र फोर्स लिमिटर सहितको सिट बेल्ट, ड्राइभर र को–ड्राइभरका लागि बेल्ट रिमाइन्डर रियर पार्किङ असिस्ट सिस्टम हाई स्पिड वार्निङ एलर्ट, रिभर्स पार्किङ्ग सेन्सर लगाएतका उपयोगी सुरक्षित फिचरहरु उपलब्ध रहेका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया