यस्तो अंगमा सुृन लुकाएर ल्याउने भारतीय समातिए

५ बर्ष अगाडि

कामठाडौं– त्रिभुवन विमानस्थल हुँदै  सुन तस्करीको नयाँ रहस्य पर्दाफास भएको छ । प्रहरीले मलद्वारमा सुन लुकाएर ल्याउने २ जना भारतीय नागरिक पक्राउ गरेपछि नयाँ रहस्य खुलेको हो । 
त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार शनिबार उनीहरुलाई सुनसहित पक्राउ गरिएको हो ।
बैंककबाट थाइ एयरको उडान नम्बर टीजी ३१९ बाट शनिबार दिउँसो १ बजे काठमाडौ त्रिवि विमानस्थलमा उत्रिएका इमरान नामका एन–४६१७८९० राहदानी बाहक र अरिफ अली नामका अर्का जेड–४१७४१०७ नम्बरको राहदानी बाहक भारतीय नागरिक सुनसहित पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट बरामद सुन आइतबारको बजार मुल्य अनुसार एक करोड ३० लाख २३० रुपैयाँ रहेको छ । प्रहरीका अनुसार इमरानले ९९२ ग्राम र अलीले १६७८ ग्राम सुन मलद्धारमा लुकाएर ल्याएका थिए । पक्राउ पछि भन्सार कार्यलयले सुनको नापतौल तथा  र प्रमाणित गरेको थियो । सुनसहित पक्राउ उनीहरुलाई आवाश्यक कारवाहीका लागि आइतबार त्रिवि भन्सार कार्यलय पठाएको प्रहरीले जनाएको छ । 
बरामद सुन सिलिण्डर आकारको रहेको महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया