निर्मला प्रकरण ‘ट्वीस्ट’ गराउने चर्चित पात्र भण्डारी पक्राउ

४ बर्ष अगाडि

निर्मला पन्त हत्या र बलात्कार प्रकरणलाई ट्वीट गराएर राष्ट्रिय राजनीतिमै तरङ्ग ल्याउँदै आएका एक चर्चित पात्रलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी टोलीले पत्रकारसमेत रहेका खेम भण्डारीलाई मंगलबार पक्राउ गरेको हो । 
कञ्चनपुर प्रहरी प्रमुख एसपी दिनेश आचार्यले भण्डारीले निर्मला प्रकरणमा जथाभावी सामाजिक सञ्जालमा लेखेर अफबाह फैलाएको पाइएकाले पक्राउ गरिएको बताए । 
भण्डारीले मंगलबार दिउँसो  कञ्चनपुर प्रहरीले आफूविरुद्ध हालेको अबहेलनामा भएको फैसलामा पुनरावेदनको समेत मौका नदिइ पक्राउ गर्न निर्देशन दिएको भन्दै आपत्ति जनाएका थिए । उनले आफू अदालत गएको जान लागेको समेत समाजिक सञ्जालमार्फत बताएका थिए । 
यसअघि कञ्चनपुर प्रहरीले भण्डारीविरुद्ध अबहेलना मुद्दा दायर गरेको थियो । 
निर्मला प्रहरणमा उनले सामाजिक सञ्जालमा निरन्तर आफ्नो अभिव्यक्ति दिँदै सो प्रकरणलाई नै आफ्नो पक्षमा पार्ने प्रयास गर्दैै आएका थिए ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया