कर नतिर्ने व्यवसायीलाई यस्तो कारबाही

४ बर्ष अगाडि

आन्तरिक राजस्व कार्यालय जनकपुरले मूल्य अभिवृद्धि कर तथा आयकर बक्यौता राख्ने करदाताहरूलाई कारबाही प्रक्रिया अघि बढाएको छ ।

कार्यालयले करदाताका व्यावसायिक फर्महरूको नामको बैंक खाता रोक्का गर्नुका साथै जग्गा रोक्का गर्न समेत सम्बन्धित कार्यालयहरूमा पत्राचार गरेको छ ।

आर्थिक वर्ष २०७५र७६ मा धनुषा, महोत्तरी, सर्लाही र सिन्धुली गरी ४ जिल्लाका ५७ करदातालाई कारबाही गरिएको हो । बक्यौता कर असुलीका लागि निरन्तर ताकेता गर्दा समेत करदाताहरूले भुक्तानी गर्न अटेर गरेकाले ती फर्म र फर्मको नाममा रहेका नेपालभित्रका सबै बैंक तथा वित्तीय संस्थाहरूमा बैंक खाताहरू रोक्का गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभाग काठमाडौंलाई पत्राचार गरिएकोछ ।

अर्थिक अभियानबाट

४ बर्ष अगाडि

प्रतिक्रिया