दीपिकाअघि हलिउडमा अरु अरु काे काे थिए बलिउड अभिनेत्री ?

५ बर्ष अगाडि

मुम्बई-  बलिउड अभिनेत्री दीपिका पादुकोणले गत वर्ष द रिटर्न अफ जेन्डर केस (एक्सएक्सएक्स) हलिउड चलचित्रमा नायिकाको भूमिका निर्वाह गरिन् । यो चलचित्रले बक्स अफिसमा राम्रो प्रभाव छाड्यो ।

यस चलचित्रको सफलतासँगै अभिनेत्री दीपिकालाई हलिउड अभिनेत्रीको रूपमा समेत लिन थालिएको छ । तर, उनी नै हलिउडको चलचित्र खेल्ने पहिलो भारतीय अभिनेत्री होइनन् । त्यसभन्दा अघि पनि अरू पाँच जना भारतीय अभिनेत्रीले हलिउडका चलचित्र खेलिसकेका छन् । त्यसैले आफूहरू पनि हलिउडको अभिनेत्री भएको उनीहरूले बलिउड सञ्चारकर्मीलाई स्मरण गराउन थालेका छन् । आफूहरूको हलिउड चलचित्र पनि बक्स अफिसमा हिट भएको बाँकी अभिनेत्रीको टिप्पणी छ ।

बलिउड अभिनेत्री फ्रिडा पिन्टो पनि हलिउडकी चर्चित अभिनेत्रीमा पर्छिन् । उनले बलिउडसँगै ब्रिटिस चलचित्रबाट करिअर सुरु गरेकी हुन् । हलिउडको ओस्कार अवार्ड जितेको चलचित्र ‘स्लमगड मिलिनेयर’की मुख्य नायिकाका रूपमा फ्रिडा थिइन् । त्यसपछि उनले अरू पनि हलिउडको चलचित्रमा काम गरिसकेकी छन् ।

गत वर्ष रिलिज भएको बलिउड चलचित्र ‘बेवाच’की अभिनेत्री प्रियंका चोपडा पनि बलिउडकी अभिनेत्री हुन् । उनलाई पनि हलिउड अभिनेत्रीका रूपमा सम्बोधन गरिएको छैन । दीपिका पादुकोणलाई भारतीय मिडियाले हलिउडकी अभिनेत्री भनेर बढी सम्बोधन गरे पनि आफूले पनि हलिउड चलचित्रमा मुख्य भूमिका निर्वाह गरेको प्रियंकाको कथन छ ।

हलिउड चलचित्र ‘ब्यान्ड इट लाइक बेकहम’की अभिनेत्री परमिन्दर कौर नागरा पनि भारतीय हुन् । उनले पनि केही भारतीय चलचित्रपछि हलिउडमा करिअर सुरु गरेकी हुन् । उनी पनि आफूलाई बलिउडबाट हलिउडमा गएको भारतीय नायिकाका रूपमा चिनाउँछिन् । एनबीसी मेडिकल ड्रामा सिरिज ईआरमा डा. नीलाको भूमिका निर्वाह गरिरहेकी उनी अन्य अंग्रेजी चलचित्रमा पनि छिन् । राजधानीबाट

५ बर्ष अगाडि

प्रतिक्रिया