काठमाडौं – नेपाल एसबिआई बैंकले सेयरधनीलाई १६ दशमलब ८४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १० दशमलव ६४ प्रतिशत नगद र ६ प्रतिशत बोनस गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।सञ्चालक समितिको उक्त प्रस्तावित लाभांशलाई बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।
बैंकको आगामी साधारणसभा मंसिर २९ गते बिहान ११ बजे काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बस्दै छ ।
सो प्रयोजनको लागि मंसिर १३ गतेदेखि २० गतेसम्म कम्पनीको बुक क्लोज हुने छ ।हाल बैंकको चुक्ता पुँजी रु ८ अर्ब ४४ करोड रहेको छ । ६ प्रतिशत बोनस पश्चात बैंकको चुक्ता पुँजी रु ८ अर्ब ९५ करोड नाघ्ने छ ।
प्रतिक्रिया