मुख्यमन्त्री पोखरेलद्वारा सभाहल र विद्यालयको स्वर्ण महोत्सव उद्घाटन

४ बर्ष अगाडि

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले रुकुम ९पूर्व० को पुथाउत्तरगंगा गाउँपालिका तकसेरास्थित सभाहल र वडा नम्बर १ को मैकोटस्थित पुथा हिमालय माध्यामिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गरेका छन् ।

तीनदिने जिल्ला भ्रमणको लागि प्रदेश नं ५ को एकमात्र हिमाली जिल्ला रुकुम ९पूर्व०मा आइ पुग्नुभएका मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारको ६० लाख बजेट रुपैयाँको लागतमा निर्माण गरिएको सभाहलको उद्घाटन गरेका हुन् । भ्रमणका अवसरमा जिल्लाका छुट्टाछुट्टै कार्यक्रममा उनले पूर्वाधारको हिसाबले पछि परेको रुकुम९पूर्व०मा पर्ने मध्यपहाडी लोकमार्ग र सहिदमार्गको काम तीव्र रुपमा अगाडी बढाउन लागिपर्ने वाचा गरे ।

रुकुमपूर्व प्रदेश नं ५ को एकमात्र हिमाली जिल्ला भएकाले यस जिल्लालाई पर्यटकीय गन्तव्य बनाउन प्रदेश सरकारले विशेष ध्यान दिने उनको भनाइ छ । एकमात्र ढोरपाटन शिकार आरक्षको ६० प्रतिशतभन्दा बढी भूभाग रुकुम (पूर्व) मा पर्ने भएकाले यसको नेतृत्व रुकुम ९पूर्व०ले गर्न पाउनुपर्ने मान्यता प्रदेश सरकारको रहेको उहाँको भनाइ छ । मिसनमा आधारित कृषि, पशुपालन लगायतका क्षेत्रमा आधुनिक शैलीलाई अङ्गाल्नुपर्ने उनले बताए ।

त्यसैगरी मगर बस्तीलाई सबैको पर्यटकीय गन्तव्य बनाउन ‘होमस्टे’ व्यवसाय महत्वपर्ण रहेकोले यस्ता योजना बनाएर आएमा प्रदेश सरकारले पूर्ण सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । 

सोही अवसरमा विभिन्न विकास निर्माण तथा पर्यटकीय स्थलका विकास र विस्तारका लागि बजेटको व्यवस्था गरिदिन पुथाउत्तरगंगा गाउँपालिकाको तर्फबाट उपाध्यक्ष ओमकुमारी शाहीले मागपत्र पेश गर्नुभयो । मागपत्रमा भएका योजनालाई छनोट गरेर प्रदेश सरकारले काम गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा मुख्यमन्त्री पोखरेलसँगै प्रतिनिधिसभाका सदस्य कमला रोका, पूर्व मन्त्री गणेशमान पुन, दलजित श्रिपालीलगायतका नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का नेताहरुको उपस्थिति थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया