सरकारी कर्मचारीको परीक्षाले सिंहदरबारदेखि वडा कार्यालयसम्मका सेवाप्रवाह प्रभावित

४ बर्ष अगाडि

काठमाडौं । लोकसेवा आयोगलगायतका विभिन्न परीक्षा तयारीका कारण कर्मचारीले कार्यालयमा समय नदिँदा देशभरका सरकारी कार्यालयको सेवाप्रवाह प्रभावित बनेको छ ।
 कर्मचारीहरूले कार्यालय समयमा कार्यालयमा नै बसेर परीक्षा तयारी गर्ने र बिदामा बसेर परीक्षाको तयारी गर्दा प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारदेखि स्थानीय तहका वडा कार्यालयसम्मका सेवाप्रवाहमा सुस्तता आएको हो ।

सरकारीस्तरमा सक्षम प्रशासन बनाउने दृष्टिकोण नहुँदा यस्तो समस्या आएको प्रशासनविद् तथा पूर्वसचिव भीम उपाध्यायले बताए ।

 उनले भने, ‘निजामति सेवामा रहेको कार्यसम्पादनलाई आधार मान्ने भन्दा पनि परीक्षा प्रणालीलाई मात्र आधार बनाउने संस्कार रहेसम्म यस्तो समस्या समाधान हुन सक्दैन ।’ /fhwfgL b}lgsdf va/ 5flkPsf] 5.  

४ बर्ष अगाडि

प्रतिक्रिया