धुलो दुध र खसिबाेका आयात रोक्दा शक्तिकेन्द्रको दबाब नमान्ने मन्त्रीकाे पद चट

४ बर्ष अगाडि

सरकारले हटाउने मन्त्रीको सूचिमा परेका कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणी खनालले नेपालमा धुलो दुध आयात रोक्दा शक्तिकेन्द्रले दवाव दिएको खुलासा भएको छ ।

मन्त्री खनालको कार्यकालमा भएका कामहरु सार्वजनिक गर्ने क्रममा  उनले शक्तिकेन्द्रको दवाव आएको खुलासा गरेका हुन् ।  

उनले मिल्क होलिडे अन्त्यको लागि वर्षेनी हुने धुलो दुध आयातलाइ अनुज्ञापत्र नदिइ रोक्ने रोकेका थिए । 

उनले उखुमा दिने गरिएको अनुदान किसानको नाममा विचौलीया तथा उद्योगीहरुले दुरुपयोग गरिराखेको भन्दै कार्यविधि संसोधन गरेर सिधै नेपाली किसानको खातामा जाने व्यवस्था गरेका थिए । 

कार्यविधि संसोधनको विरोध गर्दै नयाँ मन्त्री बनाइएका हृदयेश त्रीपाठीले कृषि मन्त्रालय खारेज गर्नुपर्छ भन्दै वक्तव्य निकालेका थिए । 

खनालको कार्यकालमा क्वारेन्टाईनसम्बन्धी कानुनको कडाईका साथ कार्यान्वयन गरी विदेशबाट खसिवोका आयातलाई अन्त्य गरिएको थियो। सो काममा पनि शक्तिकेन्द्रको दवाव आएको मन्त्रालय स्रोतले बताएको छ । 

कृषि मन्त्रालयले कृषि अनुदानलाई वास्तविक किसानहरुमाझ समतामुलक तरिकाले उपलब्ध गराउन निर्देशिका तयार गरी मन्त्रिपरिषदमा पेश गरेपनि ४ महिनादेखि रोकिएको छ । 

यसै अवधिमा कृषि मन्त्रालयले मन्त्रालय मातहतका निकायमा हुने नियुक्तिहरुलाई पारदर्शी बनाउन नियुक्ति मापदण्ड तयार गरेको थियो । उक्त मापदण्डपनि करिव ६ महिनादेखी मन्त्रीपरिषदमा अड्किएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया