नेपाल र चीनबिच रेल्वे परिओजनाको संभाव्यताको अध्ययन बैठक हुदै

४ बर्ष अगाडि

आगामी मंगलबारबाट नेपाल र चीनबीच काठमाडौंमा सीमा वारपार रेल्वे परियोजनाको सम्भाव्यता अध्ययनबारे बैठक हुने भएको छ । 
चीनिया राष्ट्रपति सी चिनफिङको भ्रमणका बेला नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच भएको एमओयूअनुसार आयोजनाको डीपीआर तयारीबारे छलफल गर्न लागिएको हो ।

बैठकमा चिनियाँ पक्षको नेतृत्व रेल्वे हेर्ने उपमन्त्रीले र नेपाली पक्षको नेतृत्व भौतिक मन्त्रालयका सचिवले गर्नेछन् । 

केरुङ–काठमाडौं रेलमार्गको प्रारम्भीक अध्ययन भइसेकेको छ । चिनियाँ परामर्शदाताले तयार गरेको पूर्वसम्भाव्यता अध्ययन रिपोर्टअनुसार यो रेलमार्ग बनाउन २ खर्ब ५७ अर्ब रुपैयाँ खर्च हुन्छ ।

अहिलेसम्म लगानीको मोडालिटीमा भने दुबै देशले गृहकार्य गरेका छैनन् । परियोजनामा लगानीको लागि अनुदान वा ऋण के र कति हुने भन्नेबारे छलफलसमेत भएको छैन ।

करिब ७३ किलोमिटर लामो रेलमार्ग बनाउन ९ वर्ष लाग्ने अनुमान छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया